ट्रिपरको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु, एकजना घाइते

ट्रिपरको ठक्करबाट उदयपुरमा एक जनाको मृत्यु, एकजना घाइते

उदयपुर, २५ फागुन। उदयपुरको उदयपुरगढी गाउँपालिका-७ कमानमा आज बिहान ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।   नेपालटारबाट घाईघाट तर्फ आउँदै गरेको ना १ क ८३४७ नम्बरको ट्रिपरले सोही दिशा तर्फ आउँदै गरेको बा ९३ प ९४३२ नम्बरको मोटरसाईकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको हाे ।

ट्रिपरको ठक्करबाट मोटरसाईकलको पछाडी सवार बर्ष ४५ को बल बहादुर पुलामी मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने मोटरसाईकल चालक उनका छोरा बस्ने बर्ष २३ को सुजन मगर घाईते भएका छन् । उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ ।  ट्रिपरलाई प्रहरीको नियन्त्रणमा लिएकाे  छ भने चालक फरार रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्