सोलुखुम्बुको सुर्केमा आगलागी, १५ लाखको क्षति

सोलुखुम्बुको सुर्केमा  आगलागी,  १५ लाखको क्षति

सोलुखुम्बु, २४ फागुन। सोलुखुम्बुको थुलुङ-दुधकोशी गाउँपालिका-६ सुर्के बस्ने हर्क बहादुर बि.क.को घरमा आज विहान आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ ।  आगलागीबाट बि.क.को घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचर लगायत २० वटा कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीको खबर पाउनासाथ तत्काल प्रहरी चौकी नेलेबाट गएकाे प्रहरी टाेली, स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्