महानगरको फोहोर भित्ता रङग्याउन थाले विराटनगरका युवा अभियन्ता (फोटो फिचर)

महानगरको फोहोर भित्ता रङग्याउन थाले विराटनगरका युवा अभियन्ता (फोटो फिचर)

  प्रेम देवान ।
विराटनगर, २५ फागुन । विराटनगरका हरेक खाली भित्ताहरु विज्ञापनले भरिएका छन् । मुख्य बजार होस या भित्री सडक नै किन नहोस् चाउचाउ ,सुुर्ति जन्य पदार्थ (खैनी चुरोट ,गुट्खा) व्यापारिक सिमेन्ट, रड अनि मादक पदार्थका बिज्ञापनले भरिएको छ ।

यसले ब्यापारीहरुलाई फाईदा त पुगेकै होला तर यसले स्कुलले बालबालिका अनि बाहिरबाट आउने पाहुनालाई भने यसले सकारात्मक सन्देश दिएको पाईँदैन । यसरी भित्तामा रङ्ग्याएर समाजमा नकारात्मक असर पार्ने खालका विज्ञापन हटाउन थालिएको हो । यो कामलाई युवाहरुले शुरु गरेका हुन् ।
‘विराटनगरमा रहेको समाज परिवर्तनको युवाको काधमा’ भन्दै सरसरफाईको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका ‘परिवर्तनका लागि हातेमालो’का युवा अभियान्ताहरु विराटनगरका सार्वजनिक स्थानका भित्ताहरुमा जनचेतनामुलक चित्रहरु बनाउदै हिड्न थालेको हो । संंस्थाले हरेक शनिबार विराटनगर महानगरपालिका र आसपासका गाँउपालिकाहरुमा समेत पुगेर सरफाई गर्दै आएको छ ।
यसैविच अभियान थालेको ५० औँ हप्ता पुगेको अबसरमा महानगरका विभिन्न सार्वजनिक स्थनका भित्ताहरुमा जनचेतना मुलक सन्देश प्रवाह गर्ने खालको चित्रहरु बनाउदै आएको हातेमालो सस्थाका संयोजक विनोद परियारले जानकारी दिए । गत हप्ताबाट सुरु गरिएको नयाँ खालको अभियान यसपटक बिराटनगर महानगरपालिका ३ ठुलोमिलदेखि पस्चिम सडकमा भित्ताहरु जनचेतना मुलक सन्देशका रङहरु पोतिएको जानकारी दिए ।
उनीहरुले चित्रको माध्यमबाट फोहोर कसरी व्यापस्थापन गर्ने, बालश्रम , बालविवाह ,सवारी साधनमा प्रयोग गरिने बालश्रम जस्ता चित्रहरु बनाएर उदाहरणीय कामको शुरुवात गरेका हुन् ।
संयोजक परियारका अनुसार, यस अघि महानगरका हरेक गल्लीहरुमा झाडु लगाएर सरसफाई गर्दै आएको थियौँ । कुचो लगाएर मात्रसमाजको सोचाईमा परिवर्तन हुन नसक्ने भएपछि जनचेतनामुलक सन्देश प्रवाह गर्ने चित्र बनाएर अभियान थालनी गरेका हौँ ।
चित्रको माध्यामबाट समाज परिवर्तन गर्न सकिने भएकोले यो अभियान शुरु गरिएको उनीहरुको भनाइ छ । यसरी चित्र बनाउनको लागि पेन्टिङमा विराटनगर बरगाछीमा रहेको निहारीका कलेजले रङ्ग किन्न आर्थिक सहयोग गरेको छ । यस अभियानलाई आगामी दिनमा हरेक शनिबार यस खालका जनचेतना मुलक कार्यक्रम गर्दै लैजाने सस्थाले जनाएको छ । अभियानलाई सफल बनाउनका लागि सरोज कोईराला, हसिना राजवशी, सुभाष निरौला, ज्ञानेन्द्र कार्की, औरव दाहाल, सुदिप घिमिरे, शिक्षा पौडेल, सञ्जु कट्वाल, हिरा घिमिरे लगायतका अभियानकर्मीहरु छन् । हातेमालो अभियान विराटनगर छेउमा रहेको बुढीगँगा गाँउपालिका र कटहरी गाँउपालिकामा पनि अभियान्ताहरु सक्रिय रुपमा रहेर काम गर्दै आएको सस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्