विराटनगरको विद्याभूमी विद्यालयको वार्षिक उत्सव सम्पन्न

विराटनगरको विद्याभूमी विद्यालयको वार्षिक उत्सव सम्पन्न

विराटनगर, २५ फागुन । विराटगर–५ मा रहेको विद्या भूमि विद्यालयले २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले शनिबार बिशेष कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत,नाटक र नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए । सोही अवसरमा बिद्यालयले आन्तरिक खेलकुदमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी एनप्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारी त्यस्तै अच्यूत गौतम, बिद्यालयका प्रिन्सिपल दिपेन्द्र भट्टराई र स्कूलका सञ्चालक गुणानन्द महतोेलगायतले धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पराग ढुंगानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्