विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न, चार देशका ९ वटा नाटक मञ्चन

विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न, चार देशका ९ वटा नाटक मञ्चन

विराटनगर, २५ फागुन । विराटनगरमा गत फागुन १५ गतेदेखि सुरु विराटनगर अन्तर्राष्ट्रिय नाटक महोत्सव सम्पन्न भएको छ ।
नाटक महोत्सवमा नेपालसहित ४ देशका ९ वटा नाटक मञ्चन भएको आयोजक आरोहण, विराटनगरले जनाएको छ । प्रदेश १ मै पहिलो पटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवको अन्तिम दिन शुक्रबार कदम थिएटर दमकले गैंडा टाइम्स नामको नाटक मञ्चन गर्यो । महोत्सव समापन समारोहमा करिब ३ दशकदेखि रंगकर्ममा सक्रियतापूर्वक लागिरहनुभएका ईन्द्र परियार र अनिल पोखरेललाई आरोहण विशेष सम्मानबाट सम्मानित गरिएको छ ।
यस्तै नाटक महोत्सवमा सहयोग गर्ने विभिन्न संघ सस्थामा आवद्ध झन्डै दुई दर्जन ब्यक्तिहरुलाई पनि सम्मान गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतले उनीहरुलाई सम्मान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अन्तर्राष्ट्रिय नाटक महोत्सवले विराटनगरलाई अन्तराष्ट्रिमा परिचित गराएको बताए । उनले कला, साहित्य र नाटकको विकासमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । नाटक महोत्सवमा नाटक हेर्न पूर्वका विभिन्न स्थानहरुबाट नाट्य प्रेमीहरुको उल्लेखीय सहभागिता भएको आयोजक आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्