आफ्नाे अपहरण भएकाे झुटाे सूचना दिएकाे अभियाेगमा खरिदार पक्राउ

आफ्नाे अपहरण भएकाे झुटाे सूचना दिएकाे अभियाेगमा  खरिदार पक्राउ

कैलाली, २५ फागुन ।  आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुटाे सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ ।

सिंहका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सिंहले भारतको पञ्जाव गएर त्यहीबाट आफू अपहरणमा परेकाले अपहरणमुक्त हुन  १५ लाख रुपैयाँ मागेकाे खुल्न आएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको कर्जा चुक्ता गर्न बाउन्स चेक दिनुपरेको र  आफू समस्यामा पर्ने डरले पञ्जाब गएर त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको सिंहले प्रहरीसमक्ष स्वीकारेका छन् ।  सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फेन्सी नामको पसल सञ्चालन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्