सुनसरी, २५ फागुन । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमा गएराति सरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा सरकारी गाडीको ठक्करबाट मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
उदयपुरबाट विराटनगरतर्फ आउँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो । रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नालाई गाडीले ठक्कर दिएकाउ हाे ।ठक्करबाट अर्नाकाे घट्नास्थलमै मृत्यु भएको हो । गाडीमा समेत क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको फुयाँलले बताए ।