विराटनगर १० ओमशान्ति टोलमा प्रहरीको चिया गफ, जाँडरक्सी देखि घरेलु हिंसासम्म

विराटनगर १० ओमशान्ति टोलमा प्रहरीको चिया गफ, जाँडरक्सी देखि घरेलु हिंसासम्म

विराटनगर, २५ फागुन ।
वडा प्रहरी कार्यालय बिराटनगरले जनतासँग चिया कार्यक्रम गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १० को ओम शान्ती टोलमा प्रहरी चिया खान पुगेको हो । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत प्रहरी जनतासँग चिया खाने र उनीहरुको सुखदुखको साथ बन्दै आएको हो । यही क्रममा प्रहरी बिभिन्न टोलमा पुग्ने गर्दछ । गाउँका नागरिकलाई बोलाउने, जनप्रतिनिधीलाई पनि लग्ने र चिया खाँदै गफ गफ गर्ने कार्यक्रम अनुसार वडा नम्बर १० मा पनि कार्यक्रम गरेको हो ।
नागरिकको सुरक्षासँग जोडिएका बिषयमा छलफल गर्दै प्रहरीसँग् जनताले गरेका अपेक्षा, प्रहरीले जनतासँग चाहेको सहयोगको बारेमा छलफल हुँदै आएको छ ।
शनिवार बिहान करिब ९ बजेतिर न्युरो अस्पताल पछाडि ओम शान्ती टोलमा गएका वडा प्रहरी कार्यालयका डिएपी नरेन्द्र कार्की सहितको टोली पुगेको थियो । त्यहाँ पुग्ने बितिकै पुगे वडा अध्यक्ष माधवराज वाग्ले ।
जनप्रतिनिधिसँग जोडिएका समस्या वडा अध्यक्ष वाग्लेले जवाफ दिए भने सुरक्षा र त्यहाँ भएका बिकृतीको बारेमा डिएसपी कार्कीले जवाफ दिए । डिएसपी कार्कीलाई स्थानीयले गाउँमा जुवा, तास र रक्सीका कारण समस्या निम्तिएको बताए। गाउँमा हुने झै झगडा पनि त्यहीसँग सम्बन्धित रहेको सुनाए । गाउँमा घरेलु हिंसाको बारेमा देखिएका समस्याको बारेमा पनि स्थानीयले जानकारी गराएका थिए । स्थानीयको समस्याको बारेमा जानकारी लिएका डिएसपी कार्कीले महिला घरेलु हिंसाको कानुनी उपचारको बारेमा जानकारी दिएका थिए ।
डिएसपी कार्कीले प्रहरी र नागरिक बिच यस्ता चिया कार्यक्रम अन्य टोल र बस्तीमा पनि नियमित गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्