महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ , हत्यापछि शव कोशीमा फालिएको आशङ्का

महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ , हत्यापछि शव कोशीमा फालिएको आशङ्का

विराटनगर, २६ फागुन । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी फालेकाे हुनसक्ने  प्रहरी अनुसन्धानबाट खुलेकाे छ ।

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।  अनुसन्धानका क्रममा   महिलाको हत्या गरी कोशीमा फालिएको  हुनसक्ने भएकाेले साेही अनुसार अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेज केसीले बताए ।  शव नभेट्दा सम्म कर्तब्य गरी हत्या गरेकाे भन्न सक्ने अबस्था नरहेकाेले अहिले प्रमाण जुटारउने काम भई रहेकाे  एसपी केसीले बताए । अनुसन्धानकाे क्रममा फरक फरक काेणबाट हेरिने भएकाेले साेही अनुसार काम भईरहेकाे उनकाे भनाई  छ ।

प्रहरीमा गुरुङले दिएकाे बयानका आधारमा कोशीमा शव बगाएकाे आशङ्कामा  २ दिनदेखि प्रहरीले शव खोजेपनि फेला पार्न सकेको छैन । फागुन १७ गतेबाट हराईरहेकी युवती   नभेटिएपछि बेलबारी प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनाको एक सातापछि शुक्रबार गुरुङलाई नियन्त्रणमा लिएको थियो । केही दिनदेखि गुरुङ समेत बेलबारी छोडेर सम्पर्कबिहिन भएपछि प्रहरी उनको पछि लागेको थियो । प्रहरीले शुक्रबार नै गुरुङले प्रयोग गर्दै आएको बा.१५ प ७९१६ नम्बरको कार घरबाटै नियन्त्रणमा लिएको थियाे ।

युवती हराएको रात उनीहरु सँगै रहेको र उनी घर नफर्किएपछि ती महिलाका परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएकाे थियाे ।  युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानकाे क्रममा उनलाई केन्द्रित गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेकाे थियाे । अनुसन्धानका क्रममा धेरै कुराहरु आएकाे भएपनि प्रमाण जुटाउने क्रममा प्रहरी रहेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

बेलबारी ४ बुधबारे निबासी ति महिला पहिलो श्रीमान सँग सम्बन्ध बिच्छेद गरेर माईतीघरमा बस्दै आएकी थिईन । गुरुङका भने श्रीमती र छोराहरु काठमाण्डौमा बस्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्