प्रदेश सभामा संघीय सरकारको आलोचना ‘प्रदेशलाई असफल बनाउन खोजियो’

प्रदेश सभामा संघीय सरकारको आलोचना ‘प्रदेशलाई असफल बनाउन खोजियो’

विराटनगर, २६ फागुन ।
प्रदेश सभामा संघीय सरकारको आलोचना भएको छ । आईतवारको प्रदेश सभाको शुनयसमायमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघीय सरकारको कार्यशैलीले प्रदेश असफल बनाउन खोजेको आरोप लगाएका हुन् । राजाले प्रधानमन्त्रीको अधिकार खोसेर निरिह बनाएका थिए उनको अस्तित्व जनताले सकेका थिए, अहिलेको प्रधानमन्त्री ओलीले आफ्नो अधिकार मिचेर प्रदेशलाई धरापमा पार्ने काम गरेको उनले आरोप लगाएका हुन् । दुई तिहाईलाई जनताले विस्वास गरेको अबस्थामा अहिले संघीय सरकारको गतिबिधि अधिनायकवाद तर्फ गएको उनको भनाई छ ।
संघीय सरकारको कतिपय गतिबिधिले प्रदेश सरकार प्रति केटाकेटीको ब्यवहार गरेको देखिन्छ, उनले भने । कोशी अञ्चल अस्पताललाई प्रदेशमा हस्तान्तरण गरेको भन्दै केही दिन अगाडि संघले पत्र पठायो, तर त्यसको केही दिन पछि संघीय सरकारले फेरी कोशी अञ्चल अस्पताल संघ अन्तरगत नै रहने भनी पठाएको निर्णयले प्रदेश सरकारलाई असफल बनाउने प्रयास भएको कार्कीको भनाई छ ।
‘अहिलेकै जस्तो अबस्था हो भने प्रदेश सरकार सफल हुन सक्दैन, म संघीय सरकारलाई खबरदारी गर्न चाहन्छु, प्रमुख सचेतक कार्कीले भने, ‘प्रदेश सरकार रोएर बसेको छ, अधिकार लिन सकेको छैन ।’ प्रमुख जिल्ला अधिकारीलाई संघीय सरकार माताहत राख्दा सुरक्षाको बिषय प्रदेश सरकारलाई असजिलो भएको बताउँदै कार्कीले सुनसरी जिल्ला प्रहरी कार्यालय अगाडी मान्छेलाई हत्या गर्दा पनि दोषीलाई अझै पक्राउ गर्न नसकेकोले शक्ति सन्तुलन मिलाउन नसकेको उनको भनाई छ ।
जल यातायातमा ध्यान देउ
उदयपुरका सांसद विमल कार्कीले सप्तकोशी नदीमा जल यातायतको ब्यवस्थित विकास गर्न माग गरे । सगरमाथा अञ्चलका उदयपुरको उत्तरी क्षेत्र, भोजपुरको दक्षिणी क्षेत्र, सोलुखुम्बु, खोटाङ र ओेखलढुङ्गाबाट प्रदेशको राजधानी आउन ब्यवस्थित जलमार्गको ब्यवस्था गर्न माग गरेका हुन् । ‘अहिले राजधानी आउनको लागि अर्को प्रदेश भएर आउनु पर्ने बाध्यता छ, कार्कीले भने, ‘प्रदेश भित्रैको जल यातायातबाट सहजै आवत जावत गर्ने ब्यवस्था मिलाउन म आग्रह गर्छु ।’
प्रदेश सरकारले बजेट बिनियोजन गरेपनि त्यसको सम्भाब्यता अध्ययन नै नगरेको कार्कीको भनाई छ । अहिले निजी लगानीबाट केही जल यातायत संचालनमा ल्याईएको भएपनि उनीहरु कानुनी दायरामा नआई संचालनमा रहेकोले यसलाई ब्यवस्थित रुपमा संचालन गर्ने हो भने, एउटा ब्यवस्थित जलमार्गको रुपमा प्रदेशमा विकास गर्न सकिने कार्कीले बताए । सिरहाको मिर्चैया–उदयपुरको कटारी–घुर्मीसम्मको सडक जिर्ण भएको अबस्थामा जल यातायातको ब्यवस्थापन गर्ने हो भने चतरा देखि घुर्मीघाट, जयरामघाटसम्म जयमार्गको रुपमा विकास गरी सहजै आवत जावत गर्न सकिने उनको भनाई छ ।
शुन्य समयमै बोल्दै उदयपुरकी अर्की समानुपातिक संसाद अम्बिका थापाले उदयपुर जिल्लाको पुर्बी क्षेत्र बेलका नगरपालिका वडा नम्बर ७ को सबै वडा काकाकुल अबस्थामा रहेको बताईन् । बेलका नगरपालिका वडा नम्बर ७को मैनामैनी क्षेत्र पानीको अभाव भएको क्षेत्र भएपनि यहाँको समस्या लामो समय बितिसक्दा पनि समाधान हुन नसकेको बताईन । उनले मैनामैनीका नागरिक भिरको बाटो ३ घण्टा लगाएर पानी खोज्न जानु पर्ने बाध्यतामा रहेको सुनाईन । ‘प्रदेशका नागरिकको समस्यामा प्रदेश सरकारले ध्यान दिनु पर्यो, पानीको ब्यवस्थापनको काममा प्रदेश सरकारले ध्यान देओस्, उनले भनिन् ‘यदी बेलका नगरपालिकामा पानीको मुहान भेटिएन भनेपनि सप्तकोशी नदीको पानीलाई लिफ्टीङ गरेर भएपनि ब्यवस्था गरियोस् ।’
नियमावली संशोधन मस्यौदा समितिको म्याद थप
प्रदेश सभाको नियमावली संशोधन गर्न बनेको नियमावली मस्यौदा समितिको म्याद थप भएको छ । गत फागुन १ गतेदेखि लागु हुने गरी १५ दिनको म्याद दिईएकोमा समितिमा कुरा नमिलेपछि प्रतिबेदन बुझाउने म्याद थप भएको हो । मस्यौदा समितिको सभापति तुलसी न्यौपानेले समितिको म्यद थप गर्न सदनमा प्रस्ताव पेश गरेका थिए । उनले राखेको म्याद थप प्रस्तावमा सबै सांसदले सहमती जनाएका हुन् ।
नियमावली संशोधन मस्यौदा समितिको म्याद फागुन १६ गतेदेखि फागुन मसान्तको लागि तोकिएको छ । यसरी तोकिएको समय सिमा भित्र प्रदेशको २०३ नियम मध्य ४१ वटा नियम संशोधन हुँदैछ । संशोधन नियमावली कांग्रेसको तर्फबाट सरकारले प्रदेशको नाम र राजधानीको प्रस्ताव प्रदेश सरकारले ल्याउनु पर्ने भन्ने अडानमा देखिएपछि सर्बसम्मतीका आधारमा ल्याउन म्यद थप गरिएको हो ।
समितिमा नेकपाका सांसदहरुले नै प्रदेशको नाम र राजधानीको बिषय दर्ता गर्न सक्ने अडानमा देखिएका छन् भने कांंग्रेसका सदस्यहरु प्रदेश सरकारले नै ल्याउनु पर्ने अडानमा रहेपछि समितीले नियमावली संशोधनको प्रतिबेदन समयमा नै सदनमा बुझाउन नसकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्