साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

साफ महिला च्याम्पिनसिपमा सहभागी हुन बंगलादेश बाहेकका सबै देश विराटनगरमा

प्रेम देवान ।
विराटनगर, २६ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । मंगलवारदेखि विराटनगरमा सुरु हुने प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ ।

संघीय राजधानी काठमाडौँ बाहिर पहिलो पटक हुन लागेको प्रतियोगिता उद्घाटनका लागि नेकपाका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय भएको छ । खेल मैदानको ब्यवस्थापन, खेलाडीको आवास तथा अन्तरिक सुरक्षा व्यावस्था मिलाई सकिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईले बताए ।

प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका गरी ६ देशका राष्ट्रिय टिमहरु विराटनगर आउने क्रम शुरु भएको छ । बङ्गलादेश बाहेक सबै देशका खेलाडीहरु विराटनगर आईसकेका छन् । उनीहरुलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलाडीहरुलाई विराटनगरका विभिन्न होटलहरुमा राखिएको छ ।
च्याम्पीयनसिपको लागि आएका टोलीलाई अभ्यासकालागि शहिद रङ्गशाला, दिल्ली पब्लिक स्कुलको खेल मैदान, विराटनगर जुट मिल र प्रहरी तालिम केन्द्रका खेल मैदान अभ्यसको ब्यवस्थापन गरिएको प्रवक्ता राईले बताए ।
अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताकालागि सुरक्षा ब्यवस्था पनि कडा पारिएको छ ।मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले अन्तराष्ट्रिय प्रतियोगिता भएका कारण अन्य बेलाको भन्दा विशेष सुरक्षा व्यवस्था मिलाईएको बताए । विराटनगर साख सँग जोडिएको प्रतियोगितालाई सफल पार्ने दायित्व नेपाल आयोजक भएकोले विराटनगरवासीको पनि हो ।टिकट दर :  प्रतियागिता हेर्नका लागि टिकट दर समेत निर्धारण गरिएकाे छ । एन्फाका अनुसार प्रतियाेगिता हेर्नका लागि खेलमैनाकाे पुर्बीभागका लागि २ सय र मैदानकाे पस्चिमकाे भागबाट प्रतियाेगिता हेर्नका लागि ३ सय तिरेपछि हेर्न पाईने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्