प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

विराटनगर, २६ फागुन ।
प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आईतवार सामाजिक विकास मन्त्रालयमा भएको छलफलले प्रदेश सांसद जसमायाँ गजमेरको संयोजक रहेको ११ सदस्य कार्यक्रम संयोजन समिति गठन गरेको हो । जसको सदस्यमा प्रदेश सभा सदस्य उमिता विश्वकर्मा, कल्पना सरदार रहेका छन् । त्यस्तै उदयपुर जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियार, झापा जिल्ला समन्वय समितकिा प्रमुख सोम पोर्तेल पनि सदस्यमा छन् । . अन्य सदस्यहरुमा गोपाल लङ्काली, अनुभुती नेपाली, डिबि साह शंकर, उमेश विश्वकर्मा, नवराज शंकर, नयन विश्वकर्मा, अनिता परियार र मदन खत्वे संयोजन समितिको सदस्यमा रहेका छन् ।
१४ जिल्लामा रहेका समन्वय समिति मार्फत कार्यक्रम आयोजना गर्नेगरी कार्यक्रमको तय भएको सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले जानकारी दिए । हरेक जिल्लामा भब्य रुपमा कार्यक्रम गनएको लागि समन्वय समितिलाई आयोजक बनाएर काम गर्न लागिएको दाहालले बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारको कार्यक्रम अनुसार यसरी हरेक जिल्लामा कार्यक्रम पुर्याउनको लागि र अभियान गाउँगाउँमा पुर्याउनका लागि कार्यक्रम गर्न लागिएको बताए । कार्यक्रम उद्घाटन गर्नका लागि प्रदेश सकारका सबै मन्त्री सहित संघीय सरकारका मन्त्रीहरु समेत सबै जिल्लामा मन्त्रीहरु पुग्ने कार्यक्रम तय गरिने मन्त्री घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्