फोहर ब्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका उत्सुक

फोहर ब्यवस्थापनमा विराटनगर महानगरले थाल्यो पहल, छिमेकी पालिका  उत्सुक

विराटनगर, २६ फागुन ।
फोहरलाई विद्युतमा परिणत गरी नेपालमै पहिलो र आधुनिक फोहर ब्यवस्थापन केन्द्र बनाउने अभियानमा विराटनगर महानगरपालिका लागेको छ । यसका लागि विराटनगर महानगरले फोहर मैला व्यवस्थापनका विषयमा छिमेकी स्थानिय तहका जन प्रतिनिधिहरु संगको छलफललाई तिव्रता दिएको छ ।

चिनको कोच भेन्चर होल्डिङ प्रा.लि.ले विराटनगर सहित आसपासका क्षेत्रमा फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन, उपकरण र पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएसंगै महानगरले यसको पहलकदमी थालेको हो । केही समय अगाडि विराटनगर महानगरका मेयर भीम पराजुली सहितको टोलीले चिनको आनहुइ प्रदेशमा फोहरव्यवस्थापनको विषयमा अध्ययन भ्रमण गरेका थियो । सोही क्रममा चिनको कोच भेन्चर होल्डिङ् प्रा.लिले विराटनगर सहित आसपासका क्षेत्रलाई फोहर व्यवस्थापनका लागि आधुनिक मेसिन सहित आबश्यक उपकरण र सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएको थियो ।
चिनको तर्फबाट आएको प्रतिवद्धतासँगै विराटनगर महानगरपालिकाले तदारुकता देखाएको हो । स्थानिय तहहरुको फोहरमैला व्यवस्थापनका लागि साझेदारी सम्वन्धमा महानगरले अन्तरक्रिया गरेको छ । आईतवार भएको अन्तरक्रियामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले सम्भव भएसम्मका स्थानीय तहहरुको समन्वयमा फोहरमैला व्यवस्थापन गरौ भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले फोहरलाई मोहरमा परिणत गर्ने कुरामा सवै स्थानियतहको समन्वय आबश्यक भएको बताए । कुनै पायक स्थान छनौट गरी फोहर व्यवस्थापन केन्द्र बनाउने अभियानमा जुट्न समेत सबै स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गरे ।
कार्यक्रममा दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले फोहरको समस्या सवै ठाउँका शहरहरुको टाउको दुखाइको विषय भएकाले यसको व्यवस्थापन आबश्यक भएको बताइन । उनले महानगरले थालेको पहलमा आफुहरुको सहयोग रहने बताइन ।
यस्तै पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिप राइले फोहर व्यवस्थापन संगै जनताले पाउने लाभ बढी भएकाले यसखालको आयोजना सफल बनाउन आबश्यक रहेको उल्लेख गरे । छलफलमा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला,रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, इटहरी उप–महानगरपालिका प्रमुख द्धारिकलाल चौधरी ,बुढीगंगा गाँउपालिका प्रमुख बालचन्द्र माझी ,जहदा गाउपालिका अध्यक्ष कैलाशप्रसाद मण्डल, कटहरी गाउपालिका प्रमुख रामकुमार कामत लगायतका विभिन्न स्थानिय तहका प्रमुख र उपप्रमुखहरुले यसखाले आयोजना सपफल पार्न आबश्यक भएको बताए ।
कार्यक्रममा इन्जिनियर घनेश्याम काफ्लेले चीनले गरेको फोहर व्यवस्थापन केन्द्र र नेपाल बनाइने डिजाइनका बारेमा जानकारी दिएका थिए । आधुनिक फोहर व्यवस्थापन केन्द्रवाट फोहर गन्ध नआउने स्थानीय बासिन्दा र क्षेत्रमा कुनै असर नपर्ने जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्