विराटनगरको बखरी मङ्गलवारेका स्थानीयको मदिरा मोह, भन्छन्, ‘प्रहरीले मासिक असुल्यो’

विराटनगरको बखरी मङ्गलवारेका स्थानीयको मदिरा मोह, भन्छन्, ‘प्रहरीले मासिक असुल्यो’

प्रेम देवान ।
विराटनगर,२७ फागुन ।
प्रहरीको काम जनताको शान्ति सुुरक्षा गर्ने हो । तर त्यही प्रहरी जनतालाई दु:ख दिने अनि महिनावारी पैसा अशुल्ने काम पनि गर्छ भन्दा तपाईलाई राम्रो नलाग्ला । तर विराटनगर १२ मा भने प्रहरीले मासिक असुली गर्ने गरेको पाईएको छ । विराटनगर १२ बखरी मङगलबारे बस्तीमा प्रहरीले मासिक असुली गर्ने गरेको पाईएको हो । बखरी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्तोष यादवले स्थानियवासीबाट मासिक रकम असुल्ने गरेको स्थानियवासीले आरोप लगाएका छन् ।
मंगलबारे बजारमा कुमोत कामतले संचालन गर्दै आएको होटलमा पनि प्रहरीले दुख दियो । होटल संचालन गरेर बस्दा पनि मासिक नबुुझाउँदा दुख दिने गरेको उनको आरोप छ । प्रहरीले घरेलु मदिरा बनाउने प्रत्येक घरबाट एक हजारको दरले रकम असुली गरेको उनीहरुले बताएका छन् । विराटनगर १२ मा बखरी मङगलवा मार्गका जमुना तामाङ, सम्झना तामाङ, मिनी राई, रुना कामत, माया राई, रिमु राई, धनमाया तामाङ, लक्ष्मी राई, देवी तामाङबाट १–१ हजार र रुना कामतबाट ५ सय रुपैया प्रहरीले लिएको उनीहरुले बताएका छन् । प्रहरीलाई मासिक बुझाउँदा सम्म चुप लागेर बस्ने प्रहरी सहायक निरिक्षक यादवले पैसा नदिँदा दुख दिने गरेको स्थानीयको भनाई छ ।
प्रहरी घरमा सिधै पस्ने गाली गलौज गर्दै भकडा वर्तन् फाल्ने, देवी देउताका कोठा, चुलो चौका भत्काउने, जबरजस्ती धम्क्याउने गाडीमा हालेर लैजाने गरेको मिना श्रेष्ठले गुनासो गरिन् । प्रहरीले मदिरा नियन्त्रणको नाममा यसरी दुख दिने गरेको उनको भनाई छ ।
तर बखरी प्रहरी चौकीका प्रहरी ईन्चार्ज सहायक प्रहरी निरीक्षक सन्तोष यादवले स्थानियवासीबाट पैसा असुली नगरेको दावी गरेका छन् । ‘जसरी आरोप लागेको छ यो सरासर झुट हो, उनले भने, ‘हो म कहाँ कृष्ण तामाङ भन्नेले पैसा लिएर आएको थियो तर मैले हप्काउँदै फिर्ता गरिदिएँ ।’ उनले आफु राम्रो काम गर्न आएको बताए । भने ‘म कसैले गलत गरेको छ म त्यसलाई छोड्दिन र यदि मैले पनि गलत गरेको छु भनेँ सजाय भोग्न तयार छु ।’
मैले उनीहरुको घरमा पुगेर छापा हानेको निहुमा मलाई फसाउन खोजिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्