विराटनगरको महेन्द्र मोरङ कलेजको पुस्तकालयको यस्तो विजोग, मर्मतका नाममा पुसदेखि बन्द

विराटनगरको महेन्द्र मोरङ कलेजको पुस्तकालयको यस्तो विजोग, मर्मतका नाममा पुसदेखि बन्द

शिवम मिश्र (प्रशान्त)
बिराटनगर, २७ फागुन । प्रदेश नम्बर १ कै जेठो कलेजको रुपमा चिनिएको बिराटनगरको महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पसको पुस्तकालय पुसदेिख बन्दछ ।
बिगत दुई महिना देखि क्याम्पसको पुस्तकालय निर्माणाधिन अबस्थामा छ । पुस्तकालय जिर्ण बन्दै गएकोले मर्मत सम्भार कार्यको लागि पुष महिना देखि पुस्तकालय राम्ररी सञ्चालनमा आउन सकेको छैन । यसरी क्याम्पसको पुस्तकालय बन्द हुँला विद्यार्थीहरु मारमा परेका छन । पुस्तकालयको अध्यन कक्ष पनि बन्द गरिएकोले विद्यार्थीहरुलाइ निकै समस्या भएको छ । पुस्तकालयमा नयाँ एडिसनका पुस्तकहरु पनि प्रयाप्त मात्रामा उपलब्ध न रहेको विद्यार्थीहरुले गुनासो गरे ।
पुस्तकालयका कर्मचारी आनन्दप्रसाद चौधरीले छिटै मर्मत सम्भारको काम सकेर पुस्तकालयलाई नियमित सञ्चालनमा ल्याईने बताउने । उनका अनुसार चैत महिना भित्र सबै गर्नु पर्ने काम सकेर सञ्चालनमा ल्याउने तयारी छ ।
उनले यो प्रदेश नम्बर एककै जेठो कलेज भएकोले अब यो पुस्तकालयलाई इ–लाईब्रेरी बनाउन लागेको पनि बताए । उनले पुस्तकालयलाई क्याम्पस प्रमुखले खासै चासो न देखाएको गुनासो गरे । उनले प्रमुखलाई पटक पटक जानकारी गराउदा समेत चासो नदिएको गर्छौ भन्ने तर काम नगर्ने समस्याले पुस्तकालय सहित अन्य ल्याब सरह पुस्तकालयमा पनि ध्यान नदिएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्