इथियोपियाली विमान दुर्घटनामा एकजना नेपालीको मृत्यु

इथियोपियाली विमान दुर्घटनामा एकजना नेपालीको मृत्यु

काठमाडौं फाल्गुन २७ । इथियोपियाको राजधानी अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीतर्फ उड्ने क्रममा दुर्घटनाग्रस्त भएको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमानमा एक जना नेपाली नागरिकको समेत मृत्यु भएको छ । सो एयलाइन्सको तर्फबाट निकालिएको यात्रुहरुको सूचीमा सो कुरा उल्लेख छ ।

दुर्घटनामा मृत्यु हुने नेपाली गोरखाकी एकता अधिकारी भएको बताइएको छ । उनी विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को इथियोपियास्थित कार्यालयमा कार्यरत थिइन् । मृतकको नामको सूची भने आधिकारिक रुपमा कसैबाट पनि घोषणा गरिएको छैन ।

डेको ६ मिनेटमै सो विमानमा सवार सबैको मृत्यु भएको  सो एयरलाइन्सले जनाएको छ । 

स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेर ४४ मिनेटमा सो विमान  दुर्घटनामा परेको थियो ।  सो विमानमा नेपालसहित ३५ देशका यात्रु थिए । केहीको पासपोर्ट भने संयुक्त राष्ट्र संघको रहेकोले उनीहरु कुन देशका भन्ने खुलेको छैन । नैरोबीमा राष्ट्र संघीय वातावरण सम्बन्धी सम्मेलन आज सोमबारबाट सुरु हुने भएकोले सो कार्यक्रममा सहभागी हुन जानेहरुको संख्या निकै हुन सक्ने अनुमान गरिएको छ । सो उडानमा राष्ट्र संघ र मातहतका निकायका मात्रै करिब १९ जना कर्मचारी परेको हुन सक्ने बताइएको छ । दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

बीबीसीले  प्रत्यक्षदर्शीलाई उदधृत गर्दै जनाएअनुसार विमान खस्दा  आगो लागिरहेको थियो । उनले भनेका छन्, “विस्फोटको आवाज र आगो निकै कडा थियो त्यसैले म नजिक जाने आँट गर्न सकिनँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्