कांग्रेस निकट नेपाल तरुण दलका कार्यकर्ताको हत्या

कांग्रेस निकट नेपाल तरुण दलका  कार्यकर्ताको हत्या

रुपन्देही, २७ फागुन। रुपन्देहीमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको गएराति हत्या भएको हो । रुपन्देहीका प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीका अनुसार ‘ग्याङ फाइट’ हुँदा अर्को पक्षले ढुङ्गा प्रहार गर्दा पुरीको मृत्यु भएको हो । घटनामा संलग्नको पहिचान भइसकेको र प्रहरीले अनुसन्धान अगाडि बढाएको सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्