पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने

<span class='c1'>पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको</span> <span class='c2'>भ्रमण फागुन २९ बाट सुरु हुने</span>

काठमान्डौ फाल्गुन २७ ,

पूर्व राजा ज्ञानेन्द्र शाहको मध्य तराईको भ्रमण फागुन २९ बाट सुरु हुने भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा आएको खराबीका कारण स्थगित उक्त भ्रमण सुचारु हुन लागेको हो  ।

पूर्व राजा शाहका निजी सचिव फणि पाठकका अनुसार पूर्व मुमाबडामहारानीको स्वास्थ्यमा आएको सुधार पछि भ्रमणको नयाँ तालिका बनाइएको हो ।

पूर्व राजा शाहले फागुन २९ गते धुनषाबाट मध्य तराईको भ्रमण सुरु गर्नु हुने भएको छ । उहाँले फागुन २९ गते जनकपुर स्थित जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि उहाँले सर्लाही , तराई तथा पहाडको संगम मानिएको उदयपुर र सप्तरीको भ्रमण गर्नु हुने भएको छ ।

भ्रमणको क्रममा उहाँले बिभिन्न देवालय , मन्दिर तथा शक्तिपीठहरुमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै भ्रमणको क्रममा पूर्व राजा शाहले स्थानीय राजनीतिक दलका बिभिन्न नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गरि मुलुकको पछिल्लो राजनीतिक अवस्थाको बारेमा परामर्श गर्ने कार्यक्रम रहेको छ ।

उहाँले भ्रमणको क्रममा स्थानीय जनतासंग पनि उनीहरुको समस्याको बारेमा छलफल गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्