प्याब्सनको अध्यक्षको लागि बिराटनगरका टीकाराम पुरीसंग डिके ढुंगाना भिड्दै

प्याब्सनको अध्यक्षको लागि बिराटनगरका टीकाराम  पुरीसंग डिके ढुंगाना भिड्दै

काठमाडौं फाल्गुन २७ ।

निजी तथा अवासीय विद्यालय अर्गनाइजेसन, नेपाल प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनको सोमबार पेशागत व्यवसायिक समूहले उम्मेदवारी घोषणा गरेका छन्।

मंगलबार हुने महाधिवेशनका लागि प्याब्सनको अध्यक्ष पदका लागि डिके ढुंगाना र टीकाराम पुरीले उम्मेदावारी दिएका हुन्। प्याब्सनले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको घोषणा गरेको हो।

सम्मेलनमा प्याब्सनको १४ औं राष्ट्रिय महाधिवेशनको अध्यक्ष पदका उम्मेदवार टीकाराम पुरीले कम्पनीमा संचालित विद्यालयहरु कम्पनी अन्तर्गत नै संचालन गर्न पाउने व्यवस्था स्थापित गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

उनले सरकारद्वारा उच्च शिक्षामा उपलब्ध गराइने ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयसँग गरिएको विभेदलाई अन्त्य गराउने तथा प्रदेश सरकारले निर्माण गर्ने प्रदेश शिक्षा ऐन निजी विद्यालय मैत्री बनाउनकालागि ठोस प्रयास गर्ने लगायतका १४ बुँदे प्रतिबद्धता जनाएका छन् ।

महाधिवेशनको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्ने प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्