ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : छानविन समिति सुकेटारबाटै फर्कियो, घटनास्थल पुगेन

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : छानविन समिति सुकेटारबाटै फर्कियो, घटनास्थल पुगेन

विराटनगर, २७ फागुन । ताप्लेजुङमा ७ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको बारेमा जानकारी लिनको लागि काठमाडौँबाट गएको छानविन समितिले ताप्लेजुङका बिभिन्न ब्यक्तिसँग सोधखोज गरेको छ। आईतवार हेलिकोप्टरबाट ताप्लेजुङको सुकेटार बिमानस्थलमा आएर त्यहाँ झरेका थिए ।

हेलिकोप्टरका लागि ल्याईएको ईन्धन त्यहाँ झारेर टोली मन्दीर परिषरमा गएको थियो । मन्दीर परिषरमा गएको जाँचबुझ टोलीले पाथिभरा मन्दीरका पुजारी, देख्ने प्रहरी, पाथिभरा क्षेत्र विकास संरक्षण कर्मचारीसँग सोधखोज गरेको थियो । उनीहरुसँगको छलफल र बयान पछि टोली सुकेटारमा नै घटना भएको स्थलका केही सर्बसाधारण र प्रहरीसँग सुकेटारमा नै बोलाएर बयान लिएर फर्किएको हो । घटना स्थलमा नपुगेको टोलीले पाथिभरा मन्दीर र सुकेटारमा नै घटनासँग नजिक रहेका ब्यक्तिहरुसँग जानकारी लिएको हो । जिल्ला प्रहरी तथा प्रशासनको सहयोगमा घटना भएको गाउँका स्थानीयलाइक्षर्् सुकेटारमा बोलाईएको हो । सुकेटारमा नै छलफल गरेको टोली त्यहीँबाट हेलिकोप्टरमा तेल हालेर फर्किएको श्रोतले जनाएको छ ।

यस बारेमा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले यस बारेमा आफुले केही भन्न नमिल्ने भन्दै उनले सदस्य सचिवसँग जानकारी लिन आग्रह गरे । समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकासप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन्। गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोलाको तारेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको ज्यान गएको थियो । घटनाको बारेमा जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा सुकेटारमा छलफल गरेर काठमाडौँ पर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्