साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

साफ महिला च्याम्पीयनसिप फुटबल प्रतियोगिता आजदेखि, उद्घाटन खेलमा नेपाल र भुटान भिड्ने

प्रेम देवान ।
विराटनगर,२८ फागुन ।  विराटनगरको शहिद रङशालामा हुन लागेको महिला फुटबल प्रतियोगिताका सम्पुर्ण कामहरु पुरा भएको एन्फाले जनाएको छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयारी पुरा भएको एन्फाले जनाएको छ ।
प्रतियोगितामा सहभागी टिमका कोच सहित क्याप्टेनको उपस्थितीमा सोमबार विराटनगरमा पत्रकारसम्मेलन गर्दै अखिल नेपाल फुटबल संघ ( एन्फा) ले ट्रफी समेत सार्वजनिक गरिसकेको छ । पत्रकार सम्मेलनमा सबै टिमका कोच तथा क्याप्टेनलहरुले खेलाडीहरु शारिरिक तथा मानसिक रुपमा तयार भईसकेको बताए । खेलाडीहरुले शहिद रङशाला मैदानमा समेत पुगेर अभ्यास गरिससेका छन् । उद्घाटन खेल आयोजक नेपाल र भुटान खेल्नेछन् ।
प्रतियोगितामा नेपाल सहित भारत, श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेशका टिमहरु सहभागी जनाउँदैछन् । अहिले ६ वटै देशका राष्ट्रिय टिमहरु विराटनगर आईसकेका छन् । खेलाडीहरुलाई विराटनगरको रत्न , ईस्र्टन स्टार, जेनियल र अफिसयल रेफ्री तथा कोचहरु विग होटलमा बसेका छन् । प्रतियोगिताको उद्घाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।

सुरक्षा व्यावस्थान कडा

अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताको अवधिभर विराटनगरको सुरक्षा ब्यवस्था कडा पारिएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले अन्तराष्ट्रिय प्रतियोगिता भएका कारण अरु समयको भन्दा विशेष सुरक्षा व्यवस्था मिलाईएको ओवीलाई जानकारी दिए । विराटनगरसँग जोडिएको प्रतियोगितालाई सफल पार्न सबै नगरवासीको पनि उति दायित्व रहेको बताए । खेल मैदान वरपर मदिरा जन्य पदार्थ समेत बेच्न रोक लगाइएको केसीले बताए । आजदेखि शुरुहुने प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री समेत रहेका नेकपामा अध्यक्ष पुष्पकमल प्रतियोगिता हेर्नको लागी एन्फाले खेलमैदानको पुर्बीभागका लागि २ सय रुपैया  र पश्चिम भागमा रु ३ सय प्रवेश शुल्क तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्