नेपालकी साकिरा उपानाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आँउदै

नेपालकी साकिरा उपानाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आँउदै

विराटनगर, २८ फागुन । विराटनगरमा नेपालकी साकिरा उपनाम पाएकी गायिका ईन्दिरा जोशी विराटनगर आउने भएकी छिन् । उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत आउने छिन् ।

विराटनगरमा आगामी चैत ६ गते हुन लागेको होली हङगामा कार्यक्रममा आउने भएका हुन् । विराटनगरमा रहेको मन्जिना मुमिज क्रियसनको आयोजना तथा भाईरल डान्स स्टुडियोको संयोजनमा विशेष होली हङ्गामा सांगितीक कार्यक्रममा उनीहरु सहभागी हुदैछन् ।
शेर्पा वियरको टाईटल स्पोन्सर र क्यानभास वाईनको मेन स्पोन्सरमा विराटनगरको नमस्कार होटलमा आयोजना हुने कार्यक्रममा स्थानिय शुभम व्याण्डको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक जतिन ताम्राकरले जानकारी दिए । आयोजकले ५ सय रुपैयको प्रवेश शुल्क तोकेको छ । साथमा एक शेर्पा क्यान वियर उपलब्ध हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्