बाबुद्धारा आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने समाचार झुटो हो : पिडित परिवार

बाबुद्धारा आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने समाचार झुटो हो : पिडित परिवार

बिराटनगर,२७ फागुन । आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा पक्राउ परेको हरिकृष्ण पासवानका परिवारजनले झुटो आरोप लगाएको बताएका छन् । पक्राउ परेका पक्राउ परेका ब्यक्तिका श्रीमतीले सोमबार विराटनगरमा पत्रकार सम्मेलजन गरी आफ्ना श्रीमान्लाई लगाइएको बलत्कारको आरोप झुटो भएको बताएकी हुन् ।

आफ्नै छोरीलाइ बलात्कार गरिएको आरोपमा कटहरी गाउपालिकबाट पासवान थरका ती ब्यक्तिलाई प्रहरीले गत फागुन २१ गते पक्राउ गरेको थियो । आफ्नै ९ वर्षिया छोरीलाई रातिको समयमा बलात्कार गरेको आरोपमा उनलाई मोरङ प्रहरीले प्रक्राउ गरे हो ।
विराटनगरबाट प्रकाशित हुदै आएको एक स्थानिय पत्रिकाले बाबुद्धारा आफ्नै छोरीको बलात्कार भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । पासवानका परिवारले प्रकाशित समाचार सहितको पत्रिका बोकेर पत्रकार सम्मेलनमा पुगेका उनीहरुले आफूहरुसँग कुनै जानकारी नलिई झुटो समाचार प्रकाशित गरेको बताए ।
पासवानका श्रीमतीले गाउलेहरुको झुठो आरोपमा प्रहरी र सञ्चारकर्मीलाई बताएको पक्राउ परेका ब्यक्तिकी श्रीमतीले बताईन् । छोरीलाई विहान ३ बजे शौच गर्न बाहिर निकालेको बेला छोरी रोको आवाज सुनेर छिमेकीले बलात्कार गरेको भनेर पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए, उनले भनिन् ।
अहिले बिना कारण मेरो श्रीमान थुनामा छ र हामीलाई कमाएर खुवाउने पनि कोइ नभएकोले हामी अहिले अत्यन्तै समस्या छौँ उनकी श्रीमतीले रुदै श्रीमानलाई थुना मुक्त गरिदिन आग्रह गरेकी छिन् । यस बारेमा जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले उनी विरुद्ध परिवारले नै जाहेरी दिएका कारण अहिले छानविन भईरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्