सुनसरी, २८ फागुन । सुनसरीको धरान उप-महानगरपलिका-२० बिष्णुपादुकामा भएको आगलागीमा करिव ८ लाख बराबरको क्षति भएको छ । स्थानीय जित बहादुर राईको घरमा अचानक आगलागी हुँदा घरमा रहेको खाद्यान्न, लत्ता कपडा तथा भाँडा वर्तन समेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएकाे छ ।