सत्तारुढ दलकै सांसदहरुद्वारा विकास निर्माणकाे काममा भएकाे ढिलासुस्तीबारे चिन्ता व्यक्त

सत्तारुढ दलकै सांसदहरुद्वारा विकास निर्माणकाे काममा भएकाे ढिलासुस्तीबारे चिन्ता व्यक्त

विराटनगर, २८ फागुन । सोमबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सत्तारुढ दलकै सांसदहरुले विकास निर्माणमा भइरहेका ढिलासुस्तीबारे चिन्ता व्यक्त गरेका छन् । खोटाङका सांसद रामकुमार राईले प्रदेशमा विकासको कामले गति लिन नसकेको बताए ।

उनले उदयपुर र खोटाङ जोड्ने धाप्लाङ पुल निर्माण तीन बर्षदेखि अलपत्र परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । ‘अहिलेसम्म १५ प्रतिशत पनि काम भएन’ पुल निर्माणमा संलग्न स्वच्छन्द रसुवा जेभीले कामै नगरेको भन्दै कारवाही अघि बढाउन माग गरे ।

साप्सु खोलादेखि खोटाङ सदरमुकाम जोड्ने सडकसमेत अलपत्र पारिएको उनले बताए । चतरादेखि घुर्मीसम्म जल यातायातका लागि तुरुन्तै सम्भाव्यता अध्ययन सुरु गर्न पनि उनले सरकारसँग आग्रह गरे ।

नेकपाकै सांसद सरिता थापाले संखुवासभामा समेत ठेकेदारहरुले प्राविधिक कारण देखाउँदै विकास निर्माणका काम अलपत्र पारेको बताइन् । ‘प्राविधिक कारण देखाउँछन्, ठेकेदारको कमजोरी हो भने समातेर कारबाही हुनुपर्यो’ सांसद थापाले भनिन् । उनले पाँचखपन नगरपालिकाका विभिन्न वडामा खानेपानीको समस्या रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराइन् । किमाथांकास्थित अरुण नदीको नेपालतर्फको भागमा करिव दुई सय रोपनी जग्गा रहेकोले त्यसको संरक्षणका लागि नदी कटान रोक्ने योजना अझै तयार नपारिएको गुनासो गरिन् ।

सोमबारको प्रदेशसभा बैठकमा प्रदेश सहकारी विधेयकमाथिको छलफललाई निरन्तरता दिइएको हो । विधेयकको सैद्धान्तिक पक्षमा प्रदेश सांसद लक्ष्मण तिवारी र विन्दिया कार्कीले धारणा राखेका थिए ।  उद्धघाेष दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्