विराटनगरमा नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण

विराटनगरमा नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण

विराटनगर, २८ फागुन । आजदेखि सुरू हुने साफ महिला च्याम्पियनसिपमा खेल्ने नेपाली महिला फुटबल टोलीलाई जनही एक एक लाख रूपैयाँ वितरण गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक ओलम्पिक छनोट खेलमा भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेर छनोटको दोस्रो चरणमा प्रवेश गराएकोले प्रति खेलाडी ५० हजार र हिरो कपमा विजेता बनेका कारण थप ५० हजार रूपैयाँ गरी एक लाख रूपैयाँका दरले पुरस्कार वितरण गरिएको एन्फा प्रवक्ता किरण राईले बताए । खेलाडीहरूलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगद हस्तान्तरण गरेका हुन् । उनले साफ महिला च्याम्पियनसिपमा खेल्ने टोलीमा सहभागी मोरङका तीन खेलाडीहरू सरू लिम्बू (पथरी), मनमाया लिम्बू (लेटाङ) र कविता धिमाल (उर्लाबारी) लाई सद्भावना दुत नियुक्त गरेका हुन् ।

मेयर पराजुलीले नेपाली महिला फुटबल टीम जुनसुकै प्रतियाेगीतामा पनि सक्षम रहेको दाबी गर्दै पूरुष टोलीसँग पनि भीड्न सक्ने बताए । विराटनगर महानगरपालिकाले छोरी बचाउ अभियान सञ्चालन गरिरहेको जानकारी दिंदै नेपाली टोलीले च्याम्पियनसिप जितेमा महानगरले टोलीका सवै खेलाडीहरूलाई थप नगद पुरस्कार दिने घोषणासमेत गरे ।

उक्त कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलमा नेपाली खेलाडीहरूले उल्लेखनीय प्रगति गरेको बताए । उनले याे प्रतियोगीता महिला फुटबल टोलीका लागि देशलाई अझ चिनाउनका लागि राम्रो अवसर भएको जानकारी दिए । अध्यक्ष शेर्पाले नेपाली महिला टोलीले उच्च मनोबलका साथ खेल प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्