विराटनगरमा साफ महिला च्याम्पियनसिप : बिराटनगरको सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगरमा साफ महिला च्याम्पियनसिप : बिराटनगरको सुरक्षा व्यवस्था कडा बनाइयो

विराटनगर फाल्गुन २८ – विराटनगरमा आजबाट आयोजना हुने पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपालसहित भारत, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता रहने प्रतियोगिताको सुरुवात आज हुँदैछ ।

यस्तो छ सुरक्षा : 

खेलका क्रममा दर्शकले स्टेडियममा पानीको बोटल, सिक्का पैसा, लाइटर, मदिरा जस्ता पदार्थ लैजान पाउनेछैनन ।

पिउने पानीको लागि स्टेडियम भित्र ठाउँ ठाउँमा व्यवस्था गरिएको छ । सुरक्षाका लागि मैदानबाहिर प्रहरी प्रशासनले जिम्मेवारी लिएको छ त्यसैगरि, स्टेडियम परिषरमा ४० जना निजी सुरक्षाकर्मी तैनाथ रहनेछन्।

प्रतियोगिताको लागि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी सुरक्षाका लागि खटाउने मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए  ।

प्रतियोगिताका खेलाडी र अफिसिय तथा पाहुनाहरुलाई बसेका होटलबाट खेल मैदानसम्म सुरक्षाका लागि स्कर्टिङको व्यवस्था गरिएको छ ।

मदिरा बिक्रीमा पूर्ण रुपमा रोक

एसपी केसीले प्रतियोगितालाई लक्षित गरेर प्रतियोगिता उद्घाटन स्थल र आसपासमा घरेलु मदिरा बिक्रीमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए ।

शहीद रंगशाला आसपासका होटल, हाटखोला, देवकोटा चौक, घोघापुल चौक, तीनपैनी समेतका स्थानमा सञ्चालनमा रहेका होेलमा बिक्रीका लागि राखिने अवैध मदिरा नियन्त्रणमा लिन थालिने उनको भनाई छ ।

आजको उद्घाटन खेल नेपाल र भुटानबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्