विराटनगरमा साफ महिला च्याम्पियनसिप : रंगशालामा खेल हेरेको टिकट दर यस्तो छ ….

<span class='c1'>विराटनगरमा साफ महिला च्याम्पियनसिप : रंगशालामा खेल</span> <span class='c2'>हेरेको टिकट दर यस्तो छ ….</span>

विराटनगर फाल्गुन २८

विराटनगरमा आजबाट पाँचौँ संस्करणको साफ महिला च्याम्पियनसिप सुरु हुदै छ । आज दिउँसो एक भब्य कार्यक्रमको आयोजना गरि प्रतियोगिता गर्न शुरु हुन लागेकाे हो । पहिलो पटक काठमाडौँ बाहिर हुन लागेको प्रतियोगिताको लागि आबस्यक पर्ने सबै तयारी पुरा भएको एन्फाले जनाएको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो खेल दिउँसो तीन बजे पछि हुनेछ । आजको खेल नेपाल र भुटान बीच हुनेछ ।

टिकट दर यस्तो : 

आज नेपालको खेल भएकाले दर्शकको भिड बढ्ने देखिएको छ। बिराटनगरको शहिद रंगशालामा हुने उक्त प्रतियोगिताको लागि एन्फाले खेलमैदानको पुर्बीभागका लागि २ सय रुपैया र पश्चिम भागमा ३ सय प्रवेश शुल्क तोकेको छ । टिकट रंगशालामा खेल अगाडी उपलब्ध हुनेछ साथै ई सेवाबाट पनि अनलाइन लिन सकिने छ ।

दर्शकको लागि खानेपानी तथा शौचालयको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

दर्शकले के लग्न पाउदैनन : 

खेलका क्रममा दर्शकले स्टेडियममा पानीको बोटल, सिक्का पैसा, लाइटर, मदिरा जस्ता पदार्थ लैजान पाउनेछैनन । पिउने पानीको लागि स्टेडियम भित्र ठाउँ ठाउँमा व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्