विराटनगरमा महिला साफ च्याम्पियनसिप शुरु, प्रचण्डले गरे उद्घाटन

विराटनगरमा महिला साफ च्याम्पियनसिप शुरु, प्रचण्डले गरे उद्घाटन

विराटनगर, २८ फागुन ।
विराटनगरमा पहिलो पटक भब्य कार्यक्रमको आयोजना गरी महिला साफ च्याम्पीयनसिपको उद्घाटन गरिएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घाटनगर्दै खेलको माध्यामबाट दक्षिण यसियामा साफले सद्भावना र एकताको लागि नयाँ सन्देश दिने बताए ।

उपत्यका राजधानी काठमाडौँमा मात्र नगरे बिराटनगरमा आयोजना हुनु बिचित्र ऐतिहाँसिकता रहेकोले आयोजक प्रति धन्यवाद दिए । खेलकुद मन्त्रालय, खेलकुद परिषद, प्रदेश सरकार, बिराटनगर महानगरपालिकाको तर्फबाट भएको सहयोगको प्रसंसा गर्दै खेलाडीलाई अग्रीम बधाई दिए ।
देश सामाजिक विकासको नयाँ मोडमा अगाडी रहेकोले अब देशलाई विकासको नयाँ पुगमा लग्ने चरणमा रहेको बताए । त्यसको लागि स्वच्छ नागरिक निर्माण गर्ने, भातृत्व र एकता कायम गर्ने काम खेलले गरेको छ ।
फुटवलमा महिला सहभागिता र पहल कदमी प्रेरणाको बिषय भएको बताउँदै यो नेपालको लागि खुसीको बिषय भएको बताए । यस्ता प्रतियोगिताबाट नेपाल र नेपाली महिलाहरुले रेकर्ड बनाउँदै जाने र अन्तराष्टिय स्तरमा आफुलाई स्थापित गर्दै जाने कुरामा सफलता प्राप्त भएकोमा खुसी ब्यक्त गरे ।
सामाजिक सद्भाव र संबेदनशिल समाज निर्माणको लागि खेलकुदका् महत्व रहेकाले नेपाल सरकारको ध्यान खेलकुदलाई संस्थागत विकास गर्नेमा केन्द्रीत रहेको सुनाए । उनले शिक्षा खेलकुदलाई ठोस रुपमा अगाडी बढाउने काम भईरहेको बताए । गाउँ नै देखि अभियान नआउँदासम्म संस्थागत परिणाम ल्याउन गाह्रो हुने भएकोले यसमा सरकारले तयारी गरिरहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार तथा प्रदेशवासीको तर्फबाट प्रदेश १ मा कार्यक्रम आयनेजना हुनु खुसीको कुरा रहेको भन्दै स्वागत गरे । उनले प्रदेशमा यसरी ल्याएर कार्यक्रम गर्नु सकारात्मक रहेको बताए । यो खालको प्रतियोगिता नेपालमा आयोजना हुनुको पछाडि, नेपाली महिला फुटवल महिला खेलाडिहरुले अन्तराष्ट्रिय स्तरमा प्राप्त गरेको उपलब्धि रहेको बताए ।
फुटवललाई प्राथमिकतामा राखेर प्रदेश सरकार लागेको जानकारी दिँदै उनले प्रदेश स्तरको अन्त्यन्तै ठुलो प्रतियोगिता आयोजना गर्न लागिएको सुनाए । उनले फुटवलको राजधानी बनाउनको लागि आफु लागेकोमा जोड दिए ।
विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली बिराटनगरमा प्रतियोगिता आयोजना हुनु अत्यन्त गौरबको कुरा भएको छ । उनले दिनरात नभनी, महानगरपालिका र प्रदेश सरकारले सफल बनाउनको लागि गरेको पहल महत्वपुर्ण भएको भन्दै बिराटनगरमा कार्यक्रम आयोना गरेकोमा उनले एन्फालाई धन्यवाद दिए ।
प्रतियोगिताको उद्घाटन खेल शुरु भएको छ । उद्घाटन खेलमा नेपाल र भुटान बिचको खेल शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्