विराटनगर, २८ फागुन ।
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपाल र भुटान बिचकाे खेल जारी छ । पहिलाे हाफटाईममासम्म नेपालले भुटानलाई २ गाेल हानेकाे छ । नेपालकाे तर्फबाट खेलको १३ औ मिनेटमा जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरे ।
प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपालका बिरुद्धमा भुटानले गाेल गर्न सकेकाे छैन । अहिले हाफ टाईममा प्रदेश १काे पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन परिएकाे छ । दाेश्राे हाफ पछिकाे खेल शुरु भएकाे छ ।