मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं फाल्गुन २८ । मकवानपुरमा जन्ती बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस मंगलबार दिउँसो कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बाह्रखरीलाई जानकारी दिएका छन्। उनले भने, " दुर्घटनामा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। दुलाहादुलही भने अर्को गाडीमा सवार भएकोले सुरक्षित भएको जानकारी आएको छ।"

मृतकको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा घाइते तीन जनाको भने अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

२८ जना सवार गाडीमा २६ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेको उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्