नेपाल-भुटान बिचकाे खेल अपडेट : नेपालले ३ गाेल हान्याे भुटान गाेल गर्न सकेन

नेपाल-भुटान बिचकाे खेल अपडेट : नेपालले ३ गाेल हान्याे भुटान गाेल गर्न सकेन

विराटनगर, २८ फागुन । 
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलाे खेलमा आयाेजक नेपाल र भुटान बिचकाे खेल जारी छ । पहिलाे हाफटाईममासम्म नेपालले भुटानलाई २ गाेल हानेकाे  नेपालले हाफटाईम पछि गाेल थपेकाे छ ।  नेपालकाे तर्फबाट  खेलको १३ औ मिनेटमा  जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जन र १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरे। हाफटाईमपछि नेपालकी क्याप्टेन निरु थापाले ५४ औ मिनेटमा गाेल गरेकी हुन् ।

प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपालका बिरुद्धमा भुटानले गाेल गर्न सकेकाे छैन । अहिले हाफ टाईममा प्रदेश १काे पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन परिएकाे छ । दाेश्राे हाफ पछिकाे खेल जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्