विराटनगर २८ फागुन । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ साफ च्याम्पिनयनसिप महिला फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
पूर्व प्रधानमन्त्रि तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले साफ च्याम्पियनसिपको उद्घघाटन गरेका थिए । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा आयोजक नेपालले भुटानलाई हराएको छ । भुटानलाई नेपालले ३–० गोल अन्तरले पराजित गर्दै नेपाल विजयी भएको हो । नेपालको तर्फबाट खेलको १३ औ मिनेटमा जर्सि नम्बर १८ की मन्जली कुमारी योन्जनले गोल गरिन भने १६ औ मिनेटमा जर्सी नम्बर ९ की साबित्रा भण्डारीले गोल गरिन् । हाफटाईमपछि नेपालकी क्याप्टेन निरु थापाले ५४ औ मिनेटमा गरेको गोल नै नेपालको लागि थप गोल र अन्तम गोल बन्यो । प्रतियोगितामा शुरु देखि नै आक्रामक देखिएका नेपालका पटक (पटक पाएको मौका गुमायो । बुधवारको खेल भारत र माल्दिभ्स बिच विराटनगरको सहिद रङ्गशालामा दिउँसो ३ बजे हुने छ ।
पाँचौ महिला साफ च्याम्पियनसिप प्रतियोगिताको उद्घाटनमा यस्तो देखियो ;
तस्विर ः प्रेम देवान