११ बुँदे सम्झौताप्रति विरोध भएपछि बोल्यो स्वतन्त्र मधेश गठबन्धन

११ बुँदे सम्झौताप्रति विरोध भएपछि बोल्यो स्वतन्त्र मधेश गठबन्धन

काठमाडौं,२९ फागुन । सिके राउत संयोजक रहेको स्वतन्त्र मधेश गठनबन्धले सरकारसँग भएको ११ बुँदे सम्झौताप्रति गम्भीर रहेको जनाएको छ ।
जनकपुरमा रहेका गठबन्धनका सचिव चन्दन साहले सरकारसँग भएको सम्झौताप्रति गठबन्धन प्रतिवद्ध रहेको तर त्यसलाई अरूहरूले विवादमा ल्याइरहको दाबी गरे ।

सहमति विपरीत गठबन्धनका केही कार्यकर्ताले गतिविधि गरेको स्विकार गर्दै उनले त्यसलाई सच्याउने र कार्यकर्तालाई सम्झाउने बताए ।
सम्झौतामा जनअभिमत उल्लेख भएको भन्दैमा अहिले विवाद गर्नु उपयुक्त नरहेको उनले प्रष्ट पारे । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्