विप्लव नेतृत्वको नेकपाका गतिविधिमा सरकारले लगायाे प्रतिबन्ध

विप्लव नेतृत्वको नेकपाका गतिविधिमा सरकारले लगायाे प्रतिबन्ध

काठमाडौं, २९ फागुन । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। मंगलबार अबेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहका गतिविधि अपराधीकरणतर्फ उद्यत रहेको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिए।

'विप्लव समूहका क्रियाकलापहरूलाई देशभर प्रतिबन्ध लगाउने निर्णय भएको छ', मन्त्रिपरिषद्को निर्णयबारे मन्त्री राईले  भने, 'उसका गतिविधि राजननीतिक भन्दा पनि अपराधिक भए। त्यसैलाई प्रतिबन्ध लगाउने भनिएको हो।'

पछिल्ला दिनमा विप्लव नेतृत्वको पार्टीले राजधानीसहित देशभरका विभिन्न ठाउँमा बम विस्फोट तथा आगजनी गरेपछि सरकार क्रुद्ध बनेको थियो।

प्रहरीले देशभर विप्लवका कार्यकर्तालाई पक्राउ समेत गरिरहेको छ। सरकारका तर्फबाट मन्त्रिपरिषद् बैठकको यो निर्णयबारे औपचारिक जानकारी आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्