पथरीको रेडस्टार स्कुलले मनायो २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

पथरीको रेडस्टार स्कुलले मनायो २३ औँ वार्षिक  उत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं.–२, स्थीत शान्ति चौकमा स्थापना भएको रेडस्टार इङ्लिस बोर्र्िडङ स्कुलले आफ्नो २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

सिन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि मेयर दिलिपकुमार राई र विद्यालयका प्रिन्सिपल तथा निर्देशक टिएन तिम्सिनाले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।

विभिन्न सांस्कृतीक नृत्य प्रस्तुती,‘संकल्प’ नामको नाटक प्रस्तुती, सम्मान कार्यक्रम र २०७४ मा कक्षागत प्रथम,द्धितीय र तृतीय हुनेहरुलाई नर्सरी देखि कक्षा १२ सम्मकोलाई पुरस्कार वितरण गर्दै भव्यताका साथ सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर राई,विशिष्ट अतिथि वडाध्यक्षहरु याम गरागाई,सागर राई,डम्बर चेम्जोङ र गोविन्द बहादुर भण्डारी, उद्योग वाणिज्यसंघका उपाध्यक्ष विजय डागी,पथरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चेतन पौडेल,पञ्चाय माविका प्रअ अर्जुन कुमार बुढाथोकी लगायत विभिन्न विद्यालयको प्रिन्सिपल अतिथि रहेका थिए ।

कक्षा नर्सरी देखि कक्षा–१२, सम्मका प्रथम,द्धितीय र तृतीयहुने विद्यार्थीहरुलाई प्रमाण पत्र,मेडल र पुरस्कार वितरण गरेका थिए । विद्यालयले कार्यक्रममा पूर्र्व्विद्यार्थी सुशिला पाठक,उत्कृष्ट शिक्षक सनम गजमेर उत्कृष्ट कर्मचारी सारदा राई उत्कृष्ट चालक राजकुमार तामाङलाई सम्मान गरेको थियो । विद्यार्थीहरुबाट तयार पारिएको २१ वटा नृत्य प्रस्तुत गरी अभिभावकलाई मनोरञ्जन दिलाएका थिए । त्यसैगरी कायृक्रममा शिक्षिका सरिता भट्टराईद्रारा लेखित ‘संकल्प’ नाटक प्रस्तुती मन्चन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्