१३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

<span class='c1'>१३ बर्षे बालिकालाई जवरजस्ती</span> <span class='c2'>करणी गरेको अभियोगमा पक्राउ</span>

उर्लाबारी, २९ फागुन ।  १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगपालिका वडा नं. ३ मंगलबारेका २५ को जेम्स क्षेत्री, रेगन, रेवत भन्ने चन्द्रमणि आचार्यलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १३ की एक बालिकालाई फोन गरी तिम्रो लागि गिफ्ट ल्याई दिएको छु कानेपोखरी आउनु भनि प्रलोभनमा पारी आफ्नै घरमा ल्याई फागुन २५ गते पटक–पटक जवजस्ती करणी गरेको पीडितले बताएकी छिन् । पक्राउ गरेका आचार्यलाई जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाल जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्