विराटनगरको जारी साफ महिला च्याम्पियन्सिप फुटबल: भारतद्वारा माल्दिभ्स ६ गाेलले पराजित

विराटनगरको  जारी साफ महिला च्याम्पियन्सिप फुटबल: भारतद्वारा माल्दिभ्स ६ गाेलले पराजित

विराटनगर, २९ फागुन ।  विराटनगरको सहिद रंगशालामा  जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले जीतेकाे छ । माल्दिभ्सलाई ०-६ गाेल अन्तरले पराजीत गर्दै भारतले  बिजयी शुरुवात गरेकाे हाे ।

सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमै  तीन गोलको अग्रता लिएकाे थियाे ।   भारतका लागि पहिलो गोल खेलको आठौँ मिनेटमा ग्रासेई दाङ्गमैईले गरिन् ।  पहलो गोल गरेको पाँच मिनेट नबित्दै भारतका लागि स्विटी देवीले अर्को गोल थप्दै अग्रता बलियाे बनाईन्  ।   त्यसपछि भारतका लागि खेलको २३ औँ मिनेटमा इन्दुमतिले गोल गरेकी थिईन् । खेलको २७ औँ मिनेटमा सञ्जुले अर्को  गोल  गरेकाे थियाे । भारतकाे तर्फबाट खेलकाे  पहिलो हाफमा पाँचौ गोल रतन्वाला देवीले गरिन् । भारतकालागि अन्तिम गाेल ९० मिनेटमा सञ्जुले नै गरिन्  ।

मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो ।  महिला साफ च्याम्पियन्सिपमा भारत चार पटकको च्याम्पियन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्