नागरिकता विहिन युवाले बिराटनगरमा थाले रिले अनशन, माग पुरा नभए कडा आन्दोलनको चेतावनी

नागरिकता विहिन युवाले बिराटनगरमा थाले रिले अनशन, माग पुरा नभए कडा आन्दोलनको चेतावनी

शिवम मिश्र (प्रशान्त)
बिराटनगर, २९ फागुन । विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् ।

नागरिकता पीडित संघर्ष समिती बनाएर केही समय अघि देखि नागरिकताको बिषयमा आफ्ना समस्या सार्बजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् । नागरिकता पीडित संघर्ष समितिको नाममा उनीहरुले ४ बुँदे माग समेत अघि सारेका छन् ।
उनीहरुले आमाको नामबाट नागरिकता पाउनु पर्ने, जन्मशिद्धका सन्तानलाई सहज नागरिकता उपलब्ध गराउनु पर्ने, महिला र पुरुष बिचको विभेदको अन्त्य हुनु पर्ने र सर्वोच्च र उच्च अदालतको परमादेशको पालना हुनु पर्ने माग राखेका हुन् ।
बुधवार देखि अनसनमा बसेका ब्यक्तिहरुमा नागरिकता पीडित संघर्ष समितीका अध्यक्ष इशान खान, विराटनगर ६ का मो.तौसिफ, विराटनगर ९का मो. इम्तियाज अन्सारी, विराटनगर १५ का आकाशकुमार हलुवाइ र गुड्डु सिंह छन् । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इशान खानले बषौँदेखि नागरिकता बिहिनका समस्याको बारेमा आवाज उठाउँदै आएको बताए । पटक पटक नागरिकताको बिषयमा राज्यको तर्फबाट पहल गर्दापनि कुनै सुनुवाई नभएपछि आमरण अनुसनमा बस्नु पर्ने बाध्यता भएको खानले बताए ।
‘सरकारले हामी युवाको जीवननै अन्धकार बनाउने काम गरेको छ, उनले भने, हामी युवाहरु अहिले नागरिकता अभावले आफ्नो सम्पुर्ण अधिकारहरुबाट बञ्चित भएका छौ ।’ संघर्ष समितिका सचिव मोहम्मद तौसिफले माग पुरा नुहँदासम्म आन्दोलन जारी राख्ने बताए ।
केही युवा समस्याको रुपमा देखिएको बाहिर आएपनि बाहिर हजारौं नागरिकता बिहिन अबस्थामा रहेकोले उनीहरुलाई पनि नागरिकता दिलाउन लागि पर्ने उनले बताए ।
उनका अनुसार, नागरिकता नहुदा युवाहरु उच्च शिक्षा , रोजगारी जस्ता अत्यावश्यक अधिकारबाट समेत बञ्चित भएका छन् । रिले अनसनमा बसेका युवाहरुले तत्काल माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्