ओवी समाचार प्रभाव : महिला साफ च्याम्पीयनसिप फुटवलको पार्किङ शुल्क हट्यो, अब निशुल्क

ओवी समाचार प्रभाव : महिला साफ च्याम्पीयनसिप फुटवलको पार्किङ शुल्क हट्यो, अब निशुल्क

विराटनगर, २९ फागुन ।
विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिप फुटवल प्रतियोगिता हेर्न आएका दर्शकबाट पार्किङको नाममा लिईएको ४० रुपैयाँ हटाईएको छ । मंगलवारको उद्घाटन खेल हेर्न आएका दर्शक मात्र हैन रिपोर्टिङ गर्न गएका पत्रकालाई पनि पार्किङको नाममा ४० रुपैयाँ उठाएपछि पार्किङ रकमको बिषय विवादित बनेको थियो ।

वढी रकम लिएको बिषयमा आवर विराटनगर डट नेटले ‘विराटनगरमा शुरु महिला साफ च्याम्पीयनसिप फुटवलमा ४० रुपैयाँ आतंक’ शिर्षककोसमाचार प्रकाशित गरेको थियो ।
ओबीले समाचार प्रकाशित गरेको करिब १२ घण्टा नबित्दै महिला साफ च्याम्पीयनसिप आयोजक नेपाल फुटवल संघ एन्फाले पार्किङ निःशुल्क गर्ने ब्यवस्था मिलाएको छ ।
पार्किङ्ग शुल्क हटाइएको बारेमा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले लिईएको शुल्क बढी भएको गुनासाहरु आएपछि शुल्क लिन बन्द गरिएको बताए । पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा आलोचना र जनगुनासो आएपछि महानगरले एन्फालाई निःशुल्क गर्न भनिएको बताए ।
आयोजकले सहिद रंगशालाको पस्चिमपट्टी रहेको आदर्श माध्यामिक विद्यालयको खाली चौरमा पार्किङको ब्यवस्था गरिएको थियो । स्थानीय युवा क्लबलाई रकम उठाउने जिम्मेवारी दिईएको थियो । जिम्मेवारी लिएका ति युवाहरुले सार्क स्तरिय कार्यक्रमको रिपोर्टिङमा गएका पत्रकारदेखि आम दर्शकसँग ४० रुपैयाँ पार्किङ शुल्क लिन थाले पछी धेरै जनाले सामाजिक संजालमा विरोध गरेका थिए ।

नेपाल सरकार, नेपाल फुटवल संघ एन्फा, प्रदेश १ सरकार, राष्ट्रिय खेलकुद परिषद, विराटनगर महानगरपालिका लगायतका सबै शक्ति अहिले बिराटनगरमा छ । लगानी पनि त्यही अनुपातमा गरिएको छ । तर पार्किङको नाममा रकम असुल्ने काम प्रतियोगिताको पहिलो दिनको खेलबाट शुरु भएको थियो । पार्किङको नाममा मनपरी रकम असुली भएको भन्दै सामाजिक सञ्जालमा आलोचना शुरु भएको थियो । पार्किङ्ग गरेवापत मोटरसाईकलको ४०, साईकलको ३०, कारको १००, टेम्पोको ७० र सिटी रिक्साको ५० रुपैँयाँ लिदै आएके थियो ।
पार्किङको नाममा मनपरी रकम असुल भएको भन्दै खेल हेर्न जाने दर्शक मात्र हैन त्यहाँ खेलको रिपोर्टिङ गर्न जाने पत्रकारले पनि असन्तुष्टि ब्यक्त गरेका थिए । हाल एन्फाले आर्दश माध्यामिक बिद्यालयमा खेल अवधीभर २० हजार रुपैया रेखदेखकोलागि रकम दिएको छ ।
स्कुल मैदान भित्र स्कुल सुरक्षा गार्ड जेजुराम चौधरीलाई पार्किङ्ग गरिएका सवारी साधनको सुरक्षा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्