विराटनगरमा प्रदेश प्रहरी कार्यालयको सुबिधा सम्पन्न भवनकाे मुख्यमन्त्रीले गरे सिलान्यास

विराटनगरमा प्रदेश प्रहरी कार्यालयको सुबिधा सम्पन्न भवनकाे मुख्यमन्त्रीले गरे सिलान्यास

विराटनगर, २९ फागुन ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थिक बर्ष २०७५-०७६ मा ५ करोड बजेट बिनियोजित भएको थियो ।सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुबिधा सम्पन्न कार्यालय भवन निर्माण सम्पन्न हुने गरी भवनको सिलान्यास भइएको हो ।

१ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले एक समारोहका विच शिलालेख अनावरण गरी विधिवत रुपमा भवनको सिलान्यास गरेका हुन् । मुख्यमन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ वटा चार पाङग्रे गाडी र २ सय वटा मोटरसाईकलको रिवन काटेर परिचालन शुभारम्भ समेत थरे । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुरक्षा अवस्था मजबुत नभएसम्म विकास निर्माणलाई अगाडि बढाउन नसकिने बताए । प्रदेश सरकारको पहिलो प्राथामिकतामा सुरक्षा ब्यबस्था बलियो बनाउने नीति रहेको बताउँदै मुख्यमन्त्री राईले प्रत्यक्ष अनुभुती पाउने गरी नागरिक मैत्री सुरक्षा ब्यबस्थालाई अवलम्बन गरिएको उल्लेख गरे । प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुुरक्षित वातावरणमा बिकासका कामहरु हुने भन्दै अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए ।
प्रहरीलाई सुबिधा सम्पन्न बनाउने प्रदेश सरकारको नीतिलाई शिरोपर गर्दै सुबिधा सम्पन्न भवन निर्माणले प्रहरी कर्मचारिहरुमा काम गर्ने थप हौसला प्रदान गर्ने बताए । उनले सुरक्षा ब्यबस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट पाएको सामिप्यता र अबिभावकत्व आफुले पनि मनन गरेको बताउँदै सम्पुर्ण कार्यहरुमा आवश्यकता अनुसार सुरक्षा ब्यबस्था प्रदान गर्न निर्देशन समेत दिए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्की ले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धी तर्फ अगाडी बढ्न सकिने तथ्यलाई प्रदेश सरकारले आत्मसाथ गरेको बताए ।
प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले आम नागरीकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्न हुनु पर्नेमा जोड दिए ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले सुरक्षा पहिलो र आधारभुत सर्त रहेको बताउदै आन्तरिक शान्ति सुरक्षाको अग्रभागमा रहने नेपाल प्रहरीलाई चुस्त दुरुस्त र प्रबिधीमैत्री बनाउन भौतिक पुर्वाधार लगाएतका श्रोत साधनहरुको पनि त्यतिकै आवश्यकता रहेको हुँदा प्रदेश सरकारबाट नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै महत्वपुर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्