विराटनगर श्रम कार्यालयकाे गेटमा प्रहरीकाे नाममा असुली धन्दा, एकजना नक्कली प्रहरी पक्राउ

विराटनगर श्रम कार्यालयकाे गेटमा  प्रहरीकाे नाममा असुली धन्दा, एकजना नक्कली प्रहरी पक्राउ

विराटनगर, ३० फागुन ।    मोरङकाे  विराटनगर महानगरपालिका ३  बस्ने बर्ष २९ को बिजय दाहाल पक्राउ गरेकाे छ ।म जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ यहाँ निरीक्षण गर्न आएको भन्दै  धाकधम्की दिई रकम समेत अशुल गर्ने  गरेकाे पाईए पछि उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । भट्टाचोकमा  रहेको श्रम कार्यालयको गेट अगाडी पाथीभरा फोटोकपी सेन्टर संचालन गरी बस्ने बर्ष  ४० को भेष बहादुर पोखरेलसँग पटक पटक धम्की  दिएर रकम असुलेकाे आाधारमा पक्राउ गरिएकाे उनले जानकारी दिए ।  पक्राउ परेका दाहाललाई पक्राउ गरी मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम कारवाही भई रहेको डिएसपी केसीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्