आवर बिराटनगरले गर्यो आफ्नै समिक्षा, विराटनगरमा सर्बाधिक हेर्ने प्रदेशकाे उत्कृष्ट अनलाईन

आवर बिराटनगरले गर्यो आफ्नै समिक्षा, विराटनगरमा सर्बाधिक हेर्ने प्रदेशकाे उत्कृष्ट अनलाईन

विराटनगर, ३० फागुन ।
प्रदेश १ मा अब्बल रहेको प्रदेश कै पहिलो अनलाईन पोर्टल आवर बिराटनगर डट नेटले अहिलेसम्म भएका कामको समिक्षा गरेको छ ।  होटल बिगमा एक कार्यक्रमको आयोजना गरी अहिलेसम्म भएको प्रगती र आगामी दिनमा गर्नु पर्ने योजना सहितको कार्यक्रमले ओबीलाई प्रदेशकै उत्कृष्ट अनलाईनको रुपमा विकास गर्ने योजना अघि सारेको हो । ओबीका म्यानेजिङ डाईरेक्टर विवेक दाहालले कम्पनीले अहिलेसम्म गर्नु परेका संघर्ष र बजारको पछिल्लो अबस्थाको बारेमा जानकारी दिएका थिए ।
ओबीले गर्न बाँकीकामहरु अझै धेरै रहेकोले ओबीलाई विश्वसनिय बनाउनु पर्नेमा जोड दिए । कम्पनीका फाईनान्सीयल डाईरेक्टर गोकुल कार्कीले बजारमा अहिले आवर बिराटनगर सबैको खोजीको बिषय भएकोले यसलाई थप सबैकाे राेजाई बनाउन सक्नु पर्ने बताए ।
आवर विराटनगरका सरोज कार्की, सरोज लम्साल लगायतले अहिलेसम्म टिमले गरेका कामलाई प्रशंसा गर्दै टिम भित्रको काम अत्यन्त प्रभावकारी हुने भन्दै आवर बिराटनगरले त्यही टिमवर्कले गर्दा नी अहिलेसम्म यहाँ आउन सफल भएको सुनाए । विराटनगरकाे पहिलो अनलाईन टिभि युट्युब च्यानल चलाउने पनि आवर बिराटनगर नै रहेको दाबी गर्दै, समाचार अन्तरवार्ता र कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएकोमा जोड दिईएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्