प्रदेश नं १ पर्यटन : तेर्हथुमको ढुङ्गेछाटा हेर्न आउने पर्यटक बढ्दै ,देशभरका पर्यटक आकर्षित

<span class='c1'>प्रदेश नं १ पर्यटन : तेर्हथुमको ढुङ्गेछाटा</span> <span class='c2'>हेर्न आउने पर्यटक बढ्दै ,देशभरका पर्यटक आकर्षित</span>

नारायण तुम्बापो

तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् ।
पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार पाउन थालेको छ । छातेढुङ्गामा ढुङ्गा कुँदेर छाता आकारका तीनवटा आकर्षक ठूला स्तम्भ राखिएका छन् । यो हेर्न हिजोआज टाढा–टाढाका पर्यटक आउन थालेका हुन् ।
ताप्लेजुङ, पाँचथर, इलामका साथै काठमाडौँ, पोखराका पर्यटक आउने गरेका रैथाने राजमणि थपलियाले बताउनुभयो । केही पहिलेसम्म प्रायः सुनसान हुने गरेको छातेढुङ्गामा हिजोआज
चहलपहल बढेको छ ।chhata
यहाँ ट्याक्सी रिजर्भ गरेर दैनिक पाँचदेखि दस जनासम्म आउने गरेका वेदकुमारी थपलियाले बताउनुभयो । पर्यटकलाई चियानास्ता बेचेर राम्रो आम्दानी गर्ने अवसर मिलिरहेको उहाँले सुनाउनुभयो । पर्यटक आगमन वृद्धिले स्थानीयवासी खुसी छन् ।
यहाँका निर्मल–शिवकर्ण कङ्दङ्वा लिम्बू परिवारले कृति राख्न विक्रम संवत् १९८९ सालमा ढुङ्गे छाता बनाउनुभएको थियो । कालान्तरमा यस क्षेत्रको नामकरण पनि छातेढुङ्गा हुन गएको हो । तीनमध्ये छेउछेउका दुईवटा छाता बाटोको सुविधा पुगेपछि मेसिनले कुँदेर बनाइएको भनिएको छ ।
यसले अहिले कन्दङ्वा परिवारको मात्रै नभएर गाउँकै कृति राख्नुका साथै पर्यटक तान्न थालेको छ । यद्यपि यहाँ पर्यटकलाई सुविधा हुने पूर्वाधार धेरै छैन । यहाँ व्यवस्थित होटल, चर्पी, सञ्चार, एकैछिन वरिपरि बसेर आराम गर्ने ठाउँको व्यवस्थासमेत छैन । यसले गर्दा यहाँ आउने पर्यटक ढुङ्गाको छातासँग दुई÷चार सेल्फी खिचेर पुगेकै दिन फर्किने गरेका छन् ।
यहाँ आउने टाढाका पाहुना फिदिममा बास बस्न चाँडै फर्किहाल्ने गरेका स्थानीयले बताए । यस क्षेत्रको प्रवद्र्धनमा सम्बन्धित निकायले लगानी गरे आकर्षक पर्यटकीय केन्द्र बन्ने देखिन्छ । यहाँको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्