विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको  छ ।

आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन प्रभावित बनेको हो ।

आज बिहानै देखि विराटनगरमा यातायातका साधन केहि मात्रामा मात्रै चलेका छन् । विषेशगरि लामो दुरीका सवारीसाधन प्रभावित भएका छन् । विराटनगरमा  कल कारखाना, पसल भने खुला नै रहेको छन् तर शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्