विराटनगरमा नशारहित होली कार्यक्रम हुदै ,मन्त्रीदेखी कलाकार सम्म संगै खेल्ने

<span class='c1'>विराटनगरमा नशारहित होली कार्यक्रम हुदै</span> <span class='c2'>,मन्त्रीदेखी कलाकार सम्म संगै खेल्ने</span>

विराटनगर फाल्गुन ३० ,

विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक कार्यक्रम गर्न लागिएको आयोजक दिपक चापागाईंले जानकारी दिए । विहिवार विराटनगरमा आयोजना गरिएको एक बैठकबाट आयोजक कमिटी गठन गरी विराटनगरका १५ वढि संघसंस्थाको आयोजनामा उक्त सामाजिक कार्यक्रम गरिन लागेको हो।

कार्यक्रममा मुख्य मन्त्री, मन्त्री देखि कलाकार दिपाश्री निरौला, सुमित खड्का लगायत विराटनगरका विभिन्न समुहको उपस्थिति रहने साथै कार्यक्रममा लागुअौषध र मदिराजन्य पदार्थको जनचेतनामूलक टिसर्ट साथै ब्यानर पनि लगाईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्