विराटनगरमा जारी साफ च्याम्पियनसिप : भुटान घर फर्कियाे, बङ्गलादेश विजयी

<span class='c1'>विराटनगरमा जारी साफ च्याम्पियनसिप : </span> <span class='c2'> भुटान घर फर्कियाे, बङ्गलादेश विजयी</span>

विराटनगर, ३० फागुन ।   साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गोल गर्न सफल भईकी थिइन्। त्यस्तै खेलको ८६ औं मिनेटमा बंगलादेशकी सविना खातुन्ले अर्को गोल गरेन्।

योसँगै भुटानको अघिल्लो चरणको प्रवेशको सम्भावना सकिएको छ। पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। बंगलादेशको आक्रमणलाई भुटानी डिफेन्डरले पहिलो हाफसम्म निस्तेज बनाएका थिए। उद्घाटन खेलमा भुटानले नेपालसँग ३–० को पराजय ब्यहोरेको थियो।

भुटानको पराजयसँगै नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ भने समूह चरणमा बंगलादेश र नेपालको समान ३–३ अंक जोडिएको छ। समूह 'ए' मा रहेको नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्नेछ। समूह 'बी'का श्रीलंका र माल्दिभ्सबीच शुक्रबार खेल हुनेछ। समूह 'बी'मा भारतले माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ। भारतले नौ वर्षअघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ । समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्