साफ च्याम्पियनसिपको मुखमा बजार भत्काएर विराटनगरका मेयरले गरेको गल्ती

साफ च्याम्पियनसिपको मुखमा बजार भत्काएर विराटनगरका मेयरले गरेको गल्ती

विराटनगर, ३० फागुन ।
विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्षेत्रका ब्यक्तिहरु सन्तुष्ट छैनन् ।

विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली साफ महिला च्याम्पियनसिप शुरु हुन भन्दा अगाडी नै बिराटनगरको मुख्य सडक र अस्पताल रोडसम्मको सडक बनाईसक्ने योजनामा थिए । तर समय बित्दै गयो अनी बिचमा केही प्राबिधिक समस्या पनि आए । तर मेयर पराजुलीले भने अनुसारको जिल्ला प्रशासन कार्यालय देखि अस्पताल चोकसम्मको सडक पुरा कालोपत्रे हुन सकेन । जो की खेलमैदान अगाडीको सडक कालोपत्रे भएपनि मैदानको दक्षिण कोशी अञ्चल अस्पतालसम्मको अबस्था अहिले पनि उस्तै नै छ ।
हुन त मेयर भिम पराजुलीले भने अनुसार हेर्ने हो भने पछिल्लो समय कुरा फेरेका छन् । पहिला मेनरोडका सडक कालोपत्रे सक्ने बताएका मेयरले पछिल्लो समय रुटको नाम बताएर काम पुरा गरेको दाबी गर्दै आएका छन् । पहिला भने अनुसारको काम भएको भए अहिले ति सडकहरु कालोपत्रे भएको अबस्था हुने थियो । तर त्यो छैन ।
नेपालले पहिलो पटक आयोजनक गरेको पाँचौ महिला साफ च्याम्पियनसिप त्यसमा पनि विराटनगरमा आयोजना हुनु सुखद कुरा हो ।
तर विराटनगर महानगरपालिकाको तर्फबाट विकास निर्माण गर्ने कुरामा केही त्रुटी भने पक्कै भएको छ । गोल्छा चोक देखि उत्तरको सडक निर्माण गर्दै गरेको महानगरले त्यहाँदेखि दक्षिणको सडक ट्राफिक चोकसम्म मुख्य बजार क्षेत्र साफ महिला च्याम्पियनसिप भन्दा पहिला नखनिएको भए बिराटनगरको मुहार यस्तो छ भनेर बिदेशी पाहुनाले मस्तिष्क मन्थन गर्न सक्थे तर त्यो काम हुन सकेन ।
कुनैपनि सहरले कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरि रहँदा त्यहाँको पर्यटनसँग जोडेर हेर्छन् । तर यो अबस्थामा विराटनगरले कसरी पर्यटन प्रवद्र्धन गर्ला ? यस्तो अबस्थामा विराटनगरले अब आफ्नो लाज कसरी लुकाउने भन्ने चिन्ता छ । सामान्य रुपमा हेर्दा पनि बिराटनगर प्रतिको दृष्टिकोण अन्तराष्ट्रिय समुदायसम्म गलत सन्देश जान्छ की भन्ने चिन्ता न गरवासीका पनि छन् ।
भुटानको असन्तुष्टी
नेपालको एउटा सहर विराटनगरले यस्तो हुनु पर्छ भन्ने सकारात्मक सन्देश दिनु आयोजक सहरको चुनौति नै थियो तर त्यो चुनौतीलाई अवसरमा बदल्ने संभावना छैन । भुटानका प्रशिक्षक सुङ जी ले ब्यवस्थित रुपमा खेल मैदान आउनै समस्या रहेको सुनाउँदै थिए । होटलको ब्यवस्थापनदेखि प्रशिक्षण स्थलसम्म जान र त्यहाँबाट होटेलसम्म खाना खाने र आउजाउ गर्नुमा नै समय लाग्ने गरेको उनले बताए ।
बिराटनगरको बजार अनि नेपालको पुर्बी क्षेत्र कस्तो होला भनेर जानकारी लिने खेलाडी मात्र हैनन् बिदेशी पत्रकारलाई पनि विराटनगरकाको अस्तब्यस्तताले दिक्क बनाएको छ ।
सकारात्मक काेच
कतिपय विदेशी कोच तथा खेलाडीले नेपालमा भएको साफ महिला च्याम्पियनसिप कहिँ कतै नमिलेको जस्तो प्रतिक्रिया दिई रहँदा नेपाली महिला खेलाडीका कोच हरि खड्काले नेपालको छवी राम्रो बनाउने अवसर भएकोले भब्य रुपमा सम्पन्न हुनु पर्ने बताए । ‘अहिलेको बिराटनगरको विकाससँग जोडेएर आएका केही कुराहरु छन्, जो भोलीका दिनमा राम्रो बन्दैछ, उनले भने, अप्ठेरोका बिचमा पनि प्रहरीको स्कर्टिङले सुरक्षा दिएकोले प्रशिक्षण गर्ने ठाउँ र फर्किने ठाउँसम्म ल्याउनको लागि समस्या छैन ।’
उनले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भएकोले विदेशी खेलाडी तथा कोचहरुबाट आएको केही कमजोरीको टिप्पणीलाई नकार्न नमिल्ने बताए । उनले भने, अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हो, हामी पनि बिदेशमा भएको भए यस्तै नै भन्थ्यौँ होला, स्वभाबिक हो । यो सबै हामीले भोगिसकेका छौ ।’
मेयरका चिल्ला कुरा
आयोजक सहर विराटनगरले समयै विकासको काममा ब्यवस्थापन गर्न नसकेको भन्ने बारेमा मेयर पराजुलीले तोकेको बाटो पुरा गरेको दाबी गरे । भनिए अनुसार रुटको ब्यवस्थापनको काम भएको उनको तर्क छ।
‘होटलबाट हाईवे हुँदै, डिएसपी रोड, सिडियो कार्यालय र शहिद मैदानसम्मको रुट ब्यवस्थापन गरिएकोले त्यो रुट क्लीयर गरेको छ, उनले भने, ‘हामीले हाम्रो कामलाई पनि रोक्न नहुने भएकालेले बजार फोड्नु परेको हो ।’ अहिले काम भएन भने भोलीका दिनमा बर्षाको कारण समस्या हुने भएकोले अहिले दिउँसो काम बन्द गरेर रातीको समयमा मात्र काम गरिएको उनको भनाई छ । उनका अनुसार, २६ दिनमा शहिद मैदान आसपासका सडक निर्माण पुरा गरेका छौ । रुटमा हिड्ने बाटोमा समस्या छैन । सबै बाटा बिच बनाएका छौ ।
महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै सहिद मैदान तथा अस्पताल चोकसम्मको कालोपत्र गर्ने भनिएपनि पनि आधा बाटो मात्र कालो पत्रे गरिएको छ । यसले गर्दा बजार विचमा खेलाडी तथा खेल हेर्न जाने दर्शकहरुलाई अप्ठेरो छ । खेलाडीलाई त मेयर भिम पराजुलीले भनेको जस्तै रुटको ब्यवस्था अनी सुरक्षा पनि होला तर खेल हेर्न जाने दर्शक सडकको अबस्टा देखेर दिक्क मानेर फर्किन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्