विराटनगरमा कखरा बृतचित्र देखाउने तयारी, विद्यालयको शिक्षा प्रणालीमा सुधार हुने

विराटनगरमा कखरा बृतचित्र देखाउने तयारी, विद्यालयको शिक्षा प्रणालीमा सुधार हुने

विराटनगर, ३० फागुन ।
विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो ।
विभिन्न खालका मनोविज्ञानलाई समेत समेट्दै बृतचित्रले दण्ड रहित शिक्षालाई अगाडि बढाएको छ । बृतचित्रको च्यारिटी शो यहि चैत १६ गते शनिवार, सिटी सिनेमा गर्न लागिएको विराटनगर जेसिसले जनाएको छ । विराटनरमा पहिलो पटक देखाउन लागिएको बृतचित्रले शिक्षक तथा बिद्यालयहरुले दिने शिक्षामा परिवर्तन हुने आशा गरिएको जेसिसका अध्यक्ष सेवक बजगाईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्