विराटनगरमा होलीको रौनकता : विराट व्यापार संघले शुरु गर्दै, मुख्यमन्त्री सहित होलीकाे तयारी

विराटनगरमा होलीको रौनकता : विराट व्यापार संघले शुरु गर्दै, मुख्यमन्त्री सहित होलीकाे तयारी

प्रेम देवान ।
विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली पहाडी भेगमा चैत्र ६ गते हो भने तराईमा ७ गते परेको छ । होली पर्व आपसी सदभाव कायम राख्न एक आपसमा रङ दलेर होली पर्व मनाउने प्रचन रहेको छ ।
यसैविच आज विराटनगरमा विराट व्यापर संघले होली मिलन कार्यक्रम गर्दैछ । हरेक बर्ष होलीको अबसरमा होली मिलनसँगै सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रममा संयोजक प्रविन अग्रवालले जानकारी दिए ।
होली मिलन कार्यक्रममा प्रदेश १ का मुख्य मुख्यमन्त्री, प्रदेश प्रमुख, सांसद, व्यापारी, राजनितिक दल लगायतको उपस्थिती हुनेछ । होली मिलन कार्यक्रममा झोराहाटमा रहेको नाट्य समुहले विशेष प्रस्तुति दिनेछन् । साथै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत साँगितिक माहौलले होली मिलन कार्यक्रमलाई थप मनोरञ्जन बनाउने कार्यक्रम तय भएको संघले जनाएको छ ।
विप्लटमा मुख्यमन्त्री र दिपाश्री
सामाजिक सदभाव र एकताको पर्व होली खेलौँ नसा रहित कार्यक्रम हुदैछ । विराटनगरमा रहेको लागु औषध तथा पुनःस्र्थापना केन्द्रहरुको संजाल (रिकभरिङ¬) ले विराटनगरको वि प्लटमा विशेष होली हङ्गामा कार्यक्रम गर्दैछ । कार्यक्रक्रमा प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई तथा कलाकार दिपाश्री निरौला समेत आउने कार्यक्रम छ । होलीको अघिल्लो दिन विराटनगमा हास्य कलाकार दिपाश्री निरौला र सुमित खड्काको बिशेष प्रस्तुती रहनेछ ।
होलीमा ईन्दिरा जोशी
विराटनगरमा नेपालकी साकिरा उपनाम पाएकी गायिका ईन्दिरा जोशी यसपटकको होली विराटनगरमा मनाउदैछिन् । साथै उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत आउदैछिन् । विराटनगरमा आगामी चैत ६ गते हुन लागेको होली हङगामा कार्यक्रममा दुवै विराटनगर आउने तयारीमा छन् । उनीहरुसँग विराटनगरवासीले होली खेल्ने मौका पाउनेछन् । विराटनगरमा रहेको मन्जिना मुमिज क्रियसनको आयोजना तथा भाईरल डान्स स्टुडियोको संयोजनमा विशेष होली हङ्गामा सांगितीक कार्यक्रममा विराटनगरको नमस्कार होटलमा कार्यक्रम हुनेछ । शेर्पा वियरको टाईटल स्पोन्सर र क्यानभास वाईनको मेन स्पोन्सरमा विराटनगरको नमस्कार होटलमा आयोजना हुने कार्यक्रममा स्थानिय शुभम व्याण्डको पनि प्रस्तुति रहने छ ।
मिल्स एरीयमा एलेक्ट्रो होली
होली विशेष कार्यक्रम अन्तर्गत बिराटनगरको रानी मिल्स एरीयमा एलेक्ट्रो होली फेस्ट २०७५ हुदैछ । हरेक बर्ष झै यसपटक पनि स्थानिय युवाहरुद्धारा विशेष होली हङ्गामा हुने भएको हो।
कार्यक्रममा काठमाडौका एम.डि.जे एन्जल , रुकेन श्रेष्ठ र सिलगुडीका डिजे किलर अमन आउने भएका छन् । अगामी चैत ७ गते होलीका दिन हुन लागेको कार्यक्रमको तयारी सबै पुरा भएको कार्यक्रम संयोजक दिवश राईले जानकारी दिए ।
मैथिलको फगुवा फुहार
होली पर्वमा एक आपसमा फागुको रङलाई सद्भाव कायम राख्दै चैत्र २ गते हम सब मैथिल सस्थाले फगुवा फुहार एक सभ्य संस्कार नामक होली मनाउने तयारी गर्दैछ । विराटनगरको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा होली कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्